अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गण्डकी प्रदेश सरकारद्धारा स्याङ्जाका स्थानीय तहलाई २६ करोड विनियोजन

news

 
रेडियो आँधीखोला
वालिङ, ४ असार ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई रु २६ करोड ८४ लाख ४३ हजार रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्षको लागि विनियोजन भएको रकममध्ये स्याङ्जाका ५ नगरपालिकालाई १३ करोड ९७ लाख, ४४ हजार रुपैयाँ र ६ गाउँपालिकाको लागि १२ करोड ८६ लाख ९९ हजार रुपैयाँ विनियोजन गरिएको छ । नगरपालिकामा सबैभन्दा बढी पुतलीबजार नगरपालिकालाई ३ करोड २३ लाख ३७ हजार रुपैयाँ विनियोजन गरिएको छ भने कम भीरकोट नगरपालिकालाई २ करोड ३१ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ । 
वालिङ नगरपालिकालाई जम्मा ३ करोड २१ लाख विनियोजन गरेको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु २ करोड ११ लाख ४९ हजार, सशर्त अनुदानअन्तर्गत ५० लाख, र समपुरक अनुदानमा ६० लाख रहेको छ । गल्याङ नगरपालिकालाई जम्मा २ करोड ८९ लाख ७२ हजार विनियोजन गरेको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १ करोड ६९ लाख ७२ हजार र विशेष अनुदानमा ६० लाख रहेको छ । त्यस्तैगरी चापाकोट नगरपालिकालाई जम्मा २ करोड ३१ लाख ५६ हजार विनियोजन गरेको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १ करोड ३१ लख ५६ हजार, सशर्त अनुदानअन्तर्गत ४० लाख र समपुरक अनुदानमा ६० लाख रहेको छ ।
पुतलीबजार नगरपालिकालाई जम्मा ३ करोड २३ लाख ३७ हजार विनियोजन गरेको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १ करोड ९३ लाख ३७ हजार, सशर्त अनुदानअन्तर्गत ५० लाख, विशेष अनुदानमा ३० लाख र समपुरक अनुदानमा ५० लाख रहेको छ । त्यस्तै भीरकोट नगरपालिकालाई जम्मा २ करोड ३१ लाख ३० हजार विनियोजन गरेको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १ करोड ३१ लाख ३० हजार, सशर्त अनुदानअन्तर्गत ४० लाख र समपुरक अनुदानमा ६० लाख रहेको छ ।
गाउँपालिकामा सबैभन्दा बढी कालीगण्डकी गाउँपालिकालाई २ करोड ३२ लाख ३८ हजार रुपैयाँ विनियोजन गरिएको छ भने कम हरिनास गाउँपालिकालाई २ करोड २ लाख १५ हजार विनियोजन भएको छ । अर्जुन चौपारी गाउँपालिकालाई २ करोड ८ लाख ६९ हजार विनियोजन भएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु ९८ लाख ६९ हजार, सशर्त अनुदानअन्तर्गत ६० लाख, र समपूरक अनुदानमा ५० लाख रहेको छ ।
त्यस्तैगरी आँधिखोला गाउँपालिकालाई रु २ करोड ११ लाख २० हजार विनियोजन भएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १ करोड १ लाख २० हजार, सशर्त अनुदानअन्तर्गत ५० लाख र समपूरक अनुदानमा ६० लाख रहेको छ । कालीगण्डकी गाउँपालिकालाई रु २ करोड ३२ लाख ३८ हजार विनियोजन भएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १ करोड २२ लाख ३८ हजार, विशेष अनुदानमा ५० लाख र समपूरक अनुदान ६० लाख रहेको छ । फेदीखोला गाउँपालिकालाई २ करोड २५ लाख २७ हजार विनियोजन भएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु ८५ लाख २७ हजार, सशर्त अनुदानअन्तर्गत ४० लाख र समपूरक अनुदान १ करोड रहेको छ ।
विरुवा गाउँपालिकालाई २ करोड ७ लाख ३० हजार विनियोजन भएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १ करोड ७ लाख ३० हजार, सशर्त अनुदानअन्तर्गत ५० लाख र समपूरक अनुदानमा ५० लाख रहेको छ । हरिनाश गाउँपालिकालाई रु २ करोड २ लाख १५ हजार विनियोजन भएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १ करोड २ लाख १५ हजार, विशेष अनुदानमा ५० लाख र समपूरक अनुदानमा ५० लाख रहेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...