अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

स्याङ्जाको वालिङका मुख्य बजार क्षेत्रमा बजार अनुगमन

news

 
असार ३,वालिङ 
स्याङ्जाको वालिङ नगरपालिकामा बजार अनुगमन गरिएको छ । नगरपालिकाको वडा नं.८,९ र १०को मुख्य बजार क्षेत्रमा अनुगमन गरिएको हो । वालिङको मुख्य बजार क्षेत्रमा रहेका पसलहरुले सडक पेटीमा राखेका सामानहरुलाई  व्यवस्थित रुपमा राख्न नगर उपप्रमुख कविता तिवारी गैह«ेको संयोजकत्वमा अनुगमन गरिएको हो । 
इलाका प्रशासन कार्यालय,वालिङ, वडा प्रहरी कार्यालय,वालिङ, सशस्त्र प्रहरी बल ३० नंं गुल्म लगायतको सहभागितामा बजार व्यवस्थापन सम्बन्धमा अनुगमन गरिएको हो । 
अनुगमन गर्दै नगर उप प्रमुख तिवारी गैह«ेले बजारको सौन्दर्यता बचाइराख्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले व्यापारिक प्रयोजनको लागि राखिएका सामग्रीहरुको उचित व्यवस्थापन हुन नसक्दा बजार अव्यवस्थित बन्नुका साथै सौन्दर्यतामा कमी भएको गुनासो आएकोले नगरले योजना अनुरुप नै अनुमगन गरेको उल्लेख गर्नुभयो । 
उपप्रमुख तिवारी गैह«ेले पसलको सटर भन्दा वाहिर सामान राख्दा पैदल यात्रीहरुलाई असहज हुनुका साथै सवारी आवागमनमा सहजता नभएको हुँदा अव्यवस्थित रुपमा सामान नराख्न अनुरोध गर्नु भयो । बजारको सुन्दरता, अस्वस्थ प्रतिस्पर्धा र सडक दुर्घटनाको जोखिम न्युनिकरणमा सबैको सहयोग आवश्यक रहेको उपप्रमुख तिवारी गैह«ेले जोड दिनुभयो ।
अनुगमनको पहिलो चरणमा प्रत्येक पसलहरुमा पुगी व्यापारीहरुलाई सचेत गराईएको नगरपालिकाले जनाएको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...