अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

अकला नमुना साना किसान सहकारीद्धारा व्यावसायीक किसानलाई अनुदानमा उपकरण

 
वालिङ, ५ असार 
कृषि र पशुपंक्षीको व्यावसाय गर्दै आएका किसानहरुलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको छ । व्यावसायमा किसानलाई सहजता र उर्जा मिलोस भन्ने उदेश्यले कृषि उपकरणहरु अनुदानमा वितरण गरिएको हो । स्याङ्जाको वालिङ स्थित अकला नमुना साना किसान सहकारीले आफ्ना शेयर सदस्यहरुलाई व्यावसायीकतामा मद्धत पुराउन ५० प्रतिशतमा कृषि उपकरण प्रदान गरको छ । सहकारीले किसानलाई हातेट्याक्टर, कुटानीपिसानी गर्ने मिल, घासँ काट्ने मेसिन, स्पेयर, क्यारेट लगायतका कृषि उपकरण सामाग्री अनुदानमा वितरण गरेको जनाएको छ ।
समुहगत बनाएर कृषि र पशुपंक्षी पालनमा लगानी र प्राविधिक सहयोग गर्दै आएको सहकारीले किसानलाई अनुदानमा उपकरण वितरण गर्न थालेपछि हर्षित भएको सहकारी अध्यक्ष पुण्यप्रसाद अर्यालले बताउनुभयो । किसानहरुको मागका आधारमा सहकारीले कृषि उपकरण अनुदानमा दिने गरेको बताइएको छ । आफ्ना शेयर सदस्यहरुलाई कृषिमा आत्मनिर्भर बनाउने अभियान अनुसार उनीहरुलाई गाईभैसी, बाख्रा, बंगुर, कुखुरा पाल्न सहजरुपमा कर्जाको समेत व्यवस्थापन मिलाईदिएको सहकारीका प्रवन्धक लक्ष्मी पोख्रेल रेग्मीले जानकारी दिनुभयो । 
किसानको माग र आवश्यकता हेरेर सामाग्री दिने गरेको उनको भनाई छ । उनका अनुसार ३ ओटा हाते ट्याक्टर, १० ओटा स्पेयर, २ ओटा तराजु, १० ओटा क्यारेट, १ घासकाट्ने मेसिन, कुटानी पिसानी गर्ने मिल १ लगायतका सामाग्री अनुदानमा वितरण गरेको बताउनुभयो । सहकारीमा आवद्धता भएका शेयर सदस्यहरुले तरकारी खेती, गाईभैसी पालन, कुखुरा पालन लगायतका व्यवसाय गर्दै आएका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...