अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

अटेरी गरी सडक पेटिमा राखिएका समान वालिङ नगरपालिकाले उठायो

news

 
रेडियो आँधीखोला
वालिङ, ५ असार 
वालिङ नगरपालिकाले सडक पेटिमा राखिएका सामानहरु उठाउन शुरु गरेको छ । गत जेष्ठ ३० गते एक सूचना प्रकाशन गरी नगरपालिकाले बजार व्यवस्थापनका लागी भन्दै सडक पेटिमा सामान नराख्न व्यापारी तथा व्यवसायीलाई अनुरोध गरेको थियो । नगरपालिकाको अनुरोधलाई अटेरी गरी सडक पेटिमा राखिएका सामानहरु उठाईएकोे हो । सिद्धार्थ राजमार्ग तथा भित्रि सडकहरुमा सडकपेटि मिचेर राखिएका सामानहरु नगरपालिकाको टोलीले उठाएको हो । 
यसअघि सूचना मार्फत नगरपालिकाले आफ्नो सटर भन्दा बाहिर सामान नराख्न अनुरोध गर्दै एक हप्ताको समय दिईएको थियो । सूचना पश्चात नगरउपप्रमुख कविता तिवारी गैह्रेको संयोजकत्वमा आईतबार बजार अनुगमन गरी सडक पेटिमा सामानहरु नराखन समेत आग्रह गर्नुभएको थियो । 
बजारको सौन्दर्यतालाई कायम राख्न तथा सडक पेटिमा सामान राख्दाबाट हुने दुर्घटना न्युनिकरणका लागी साथै पैदल यात्रुको सहजताका लागी सडक पेटिमा समान नराख्न बजार अनुगमन गरी व्यापारी तथा व्यवसायीलाई आग्रह गरिएको थियो । 
उक्त आग्रहलाई अटेरी गर्नेहरुको सामान उठाउन शुरु गरिएको नगरपालिकाले जनाएको छ । यसरी उठाईएका सामानहरु पहिलो पटकलाई जरिवाना तिरेर लैजान सक्नेछन भने यदि यस्तो कार्य फेरि दोहोरिएमा उक्त सामानहरु नगरपालिकाले जफत गर्ने समेत चेतावनी दिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...