समाचार
वालिङमा महिलालाई चक्कु प्रहार गर्ने पुरुष प्रहरी नियन्त्रणमा
आँधीखोला खबर
वालिङ, ६ असार ।
स्याङ्जाको वालिङ् नगरपालिकामा एक महिलालाई चक्कु प्रहार गर्ने एक पुरुषलाई वडा प्रहरी कार्यालय वालिङ्ले नियन्त्रणमा लिएको छ । वालिङ् नगरपालिका वडा न.३ घर भई वालिङ्–९ सातधारे डेरा गरि बस्ने ३८ वर्षीय पेन माया गुरुङलाई छिमेकी ३० वर्षीय प्रेम बहादुर कुँवरले धारिलो हतियार चक्कुले प्रहार गरि गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घाइते गुरुङलाई गह्रौँ प्राथमिक अस्पताल वालिङ्मा सामान्य उपचार पछि पोखरा रिफर गरिएको छ । टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । चक्कु सहित चक्कु प्रहार गर्ने कुँवरलाई वडा प्रहरी कार्यालय वालिङको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रवक्ता एवं सुचना अधिकारी डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभयो । उहांले घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।
यसैबचि जिल्लाप्रहरी कार्यालय स्याङजाले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमापोखरा महानगरपालिका १४ वस्ने वर्ष २२ का सिमन गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बुटवलबाट स्याङजाआउदै गरेको ना ४ ख ४७५१ नम्बरको बसलाई पाल्पा र स्याङजाको सिमानामा पर्ने राम्दीमा चेकजाचगर्दा गुरुङको साथबाट लागुऔषध डाईजेपाम, फेनरागन र नुफिन ४०÷४० एम्पुल बरामद गरेको छ ।
जिल्लाप्रहरी कार्यालयले आर्थिक वर्ष २०७९।८० मा डाईजापाम ७७२ एम्पुल, फेनरागन ७८६एम्पुल नुफिन ७७५ एम्फुल बरामद गरेको सूचनाअधिकारी प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । उहाँले नाईट्राभेट १९३ ट्याब्लेट, खैरो हिरोईन २०मिलिग्राम र २ किलो ५ सय ग्रामगाजाँ सहित ३३ जना पुरुषलाई पक्राउगरि अनुसन्धान गरेको जानकारी दिनुभयो । पछिल्लो समय स्याङजामा लागुऔषधको प्रयोगमा वृद्धि भएको छ ।