अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

कोशी, गण्डकी र मधेस प्रदेशका पूर्वी क्षेत्रमा आज राति ठूलो पानी पर्ने सम्भावना, सतकर्ता अपनाउन आग्रह

news

 

असार ६,  काठमाण्डौ – मनसुनजन्य विपदबाट प्रभावित कोशी प्रदेशमा आज राति ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

मनसुन भित्रिएदेखि कोशी प्रदेशका पहाडी जिल्लामा लगातारजसो पानी परिरहेको छ । 

आज पनि बिहान र दिउँसो हल्का तर राति भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

बाढी, पहिरो प्रभावित ताप्लेजुङ, पाँचथर, संखुवासभालगायत पहाडी जिल्लामा राति ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन उहाँको आग्रह छ ।

ठूलो पानी पर्ने सम्भावना रहेकाले यी जिल्लामा फेरि पनि बाढी पहिरोको खतरा रहेको मौसमविद्ले बताएका छन् ।

यस्तै, आज राति नै गण्डकी प्रदेश र मधेस प्रदेशका पूर्वी क्षेत्रमा पनि ठूलो वर्षाको अनुमान गरिको छ ।

खोला, नदी आसपास र भिरालो जमिनमा बसोबास गर्नेलाई विशेष सचेत हुन मौसमविद्को आग्रह छ । अन्य प्रदेशमा भने हल्का पानी पर्ने अनुमान गरिएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...