अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कोशी, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

news

 

  असार ७, काठमाण्डौ – आज कोशी, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् संजिब अधिकारीका अनुसार दिउँसको समयमा भन्दा राति ठूलो पानी पर्ने अनुमान छ ।

यी प्रदेशका केही ठाउँमा दिउँसो हल्कादेखि मध्यम तथा राति भने ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

यस्तै, आज पश्चिमी क्षेत्रमा पनि हल्का पानी पर्ने अनुमान गरिएको छ । अहिले नेपालको पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव परेको छ भने बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको असर रहेको मौमसविद् अधिकारीले बताउनुभयो । 

यस्तै, पश्चिमी क्षेत्रमा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको पनि असर रहेकाले आज हल्का वर्षाको अनुमान गरिएको मौसमविद्ले बताएका छन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...