समाचार
नचिनेका व्यक्तिले तपाईँको टिकटक लाईक गर्ने, कमेन्ट गर्ने र फलो गरिरहेको छ भने सावधान
रेडियो आँधीखोला
वालिङ, ८ असार ।
तपाईँको टिकटकमा अपरिचित व्यक्तिले लाईक, कमेन्ट, फलो गरिरहेको छ भने सावधान रहनुहोला । टिकटकमा साथी बनाउने र घरसम्म आउने संगै मिलेर टिकटक बनाउने एक महिलाले सुनको गरगहना चोरि गरेको भेटिएको छ । गत जेठ १ गते वालिङ नगरपालिका वडा नं. ६ एक्ले पिपल स्थित एक महिलालाई सामाजिक संञ्जाल टिक टक मार्फत साथी बनाई निजको घरमा गएर बस्ने गर्दै गर्दा सोही महिलाकै घरबाट सुनका गहना चोरी गर्ने महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २४ की कुसुम वि.सी. रहनुभएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालका अनुसार विसिले वालिङ ६ एक्लेपिपलकी महिलाको आधी तोला बराबरको बेरुवा औठी थान–१ र अंदाजी १ तोला बराबरको करुवा लकेट सहितको सिख्री थान–१ चोरी गरी पोखरा स्थिन सुन पसलमा विक्रि गरेको भेटिएको हो ।
विसिले गत केहि वर्ष अगाडी देखी सामाजिक संजाल टिकटक मार्फत सुनका गरगहना लगाएका अपरिचित मानिसहरुलाई साथी बनाउने, गरगहना लगाएका व्यक्तिहरुको भिडियोमा लाईक तथा कमेन्ट गर्ने, कुराकानी गरी निजहरुको घरमा गएर बस्ने, सोहि व्यक्तिसंगै टिकटक बनाई निजहरुले लगाएको गरगहनाहरु राखेको ताला चाबी के कहाँ राखेका छन भनी गोप्य रुपमा बुझेर घरमा कोही नभएको बेला चोरी गर्ने र विक्रि गर्ने गर्दै आएको प्रहरीले जनाएको छ । विसिलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई वडा प्रहरी कार्यालय वालिङमा राखि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।