अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङ वडा नं १० द्वारा बृद्ध बृद्धा तथा महिला स्वयमसेबिकालाई सम्मान

news

 
रेडियो आँधीखोला 
वालिङ, ९ असार ।
वालिङ नगर पालिका वडा नं. १० ले बृद्धबृद्धा र महिला स्वयंसेबिकालाई सम्मान गरेको छ । कार्यक्रममा ७९ बर्ष माथिका बृद्धबृद्धा बुवा आमा र महिला स्वयंसेबिकालाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुनिल खनालले जेष्ठ नागरिक समाजका गहना भएकाले जेष्ठ नागरिकको अनुभव र सिकाईले नै हामीलाई सकरात्मक उर्जा दिने बताउनुभयो । 
कुरा सुन्नु बुढाको,आगो ताप्नु मुढाको भनेजस्तै उहाँहरुको लामो जिवन संर्घषले नयाँ पुस्तालाई अगाडि बढ्न मद्दत गर्ने भन्दै जेष्ठ नागरिकलाई हामी सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । साथै समाजमा महिला स्वयमसेबिकाहरुको साथ र सहयोगले वडाका नागरिकहरुको स्वास्थ्यमा निकै राम्रो प्रभाव पारिरहेको भन्दै उहाँहरुको कार्यगत हौसलाका लागी वडाले सम्मान कार्यक्रम गरेको बताउनुभयो । 
कार्यक्रममा वार्ड सद्स्य चुडामणी सुबेदि, लेखमाया एसके,गगा शर्मा पङेनी,भुम बहादुर सिन्जाली ,पुर्ब मेयर लालचन गैह्रे लगायतको उपस्तिथी रहेको थियो ।
कार्यक्रममा ३४ जना बृद बृदालाई नगद,दोसल्ला र प्रमाणपत्र साथै महिला स्वयंसेबिकालाई सम्मान गरिएको थियो। कार्यक्रममा बृद बृदाको तर्फबाट लालचन गैह्रेले मन्तब्य राख्नु भएको थियो । वार्डले राम्रो काम गरेको र आगामी दिनमा पनि यस्तै कार्यको अपेक्षा गरेको गैह्रेले बताउनुभयो । वडा अध्यक्ष खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य लेखमाया एस.के. र सन्चालन वार्ड सचिब दिपेन्द्र गैह्रेले गर्नु भएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...