अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कालीगण्डकी गाउँपालिकाले सबै नागरिकको निःशुल्क उपचार गर्ने

news

 
रेडियो आँधीखोला 
वालिङ, ९ असार ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आफ्ना नागरिकको निःशुल्क उपचार गर्ने भएको छ । आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम बिहिबार सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले गाउँपालिकाले संचालन गरेको कालीगण्डकी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने बताउनुभयो ।
‘अब आर्थिक अभावले उपचार नपाएर मर्नुपरे बाध्यताको अन्त्य हुनेछ । कालीगण्डकी गाउँपालिकाभित्रका सबै नागरिकको उपचार निःशुल्क हुनेछ। आवश्यक बजेटको व्यवस्था गरेर आगामी आर्थिक वर्षदेखि नै यो कार्यक्रम लागू गरिनेछ। ’ उहाँले भन्नुभयो ।
नागरिक स्वस्थ रहेनै समाजको सर्वाङ्गिण विकास हुने थापाको ठम्याइ छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको उहांले बताउनुभयो । आगामी आर्थिक वर्षमा समाजवाद उन्मुख स्वास्थ्य क्षेत्रको इतिहास रच्ने वर्ष बनाउने नीति लिइएको अध्यक्ष थापाले स्पष्ट पार्नुभयो ।
‘यसअघि नै यहाँका सबै परिवारका सदस्यको गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ।  कालीगण्डकी अस्पतालबाट  विशेषज्ञ सेवा, अनुसन्धानात्मक कार्यसहित थप सेवाको विस्तार गर्ने, रोकथाम, निदान र पुनर्स्थापना सेवालाई सहज र नियमित गरिनेछ।’ उहाँले भन्नुभयो । सबै सेवालाई आधुनिक र विद्युतीय प्रविधिको रूपमा विकास गरिने थापाले बताउनुभयो ।
गर्भवती, शिशु, बालबालिका, किशोर र अपांगता भएका व्यक्तिलाई पोषणको स्थितिमा सुधार ल्याउने कार्यक्रम संचालन गरिने छ। साथै पूर्ण खोपयुक्त गाउँपालिका कायम राख्न खोप कार्यक्रमलाई निरन्तरता दिइनेछ। मानसिक रोगका बिरामीको लागि संरक्षण गृह, जेष्ठ नागरिकलाई दिवा सेवा तथा मिलन केन्द्रजस्ता संस्थागत संरचना स्थापना तथा संचालन गर्ने नीति लिएको नीति तथा कार्यक्रममा उल्लेख छ।
अध्यक्ष थापाका अनुसार मदिरा तथा लागु पदार्थबाट ग्रसितलाई स्वस्थ बनाउन विद्यालय शिक्षामा विषयवस्तु समावेश गर्ने,  पुनर्स्थापना तथा सुधार केन्द्र संचालनमा गरिनेछ। पाठेघरको मुख र स्तन क्यान्सर लगायत विभिन्न रोग परीक्षण तथा उपचारका लागि विशेषज्ञसहितको घुम्ती स्वास्थ्य शिविर प्रत्येक दुई हप्तामा कालीगण्डकी अस्पतालमा संचालन गरिनेछ। चौमासिक रूपमा सबै स्वास्थ्यचौकीमा गरिनेछ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...