अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

रुसमा वाग्नर समूहको विद्रोहले राष्ट्रपति पुटिनको अधिकारलाई चुनाैती दियाे : एन्टोनी ब्लिन्केन

news

 

  असार ११, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसमा विद्रोही समूह वाग्नरले गरेको विद्रोहले राष्ट्रपति भ्लादिमिर पुटिनको अधिकारमा समस्या देखिएको बताउनुएको छ ।

उहाँले निजी सैन्य समूह वाग्नरले गरेको विद्रोहले पुटिनको अधिकारलाई प्रत्यक्ष चुनौती दिएको बताउनुभएको बीबीसीले जनाएको छ ।

रुसमा भएको विद्रोहलाई लिएर युरोपेली देशहरुसँग परामर्श गरिरहेको अमेरिकाले पहिलो टिप्पणी गरेको हो । रुसमा हुन लागेको विद्रोहका बारेमा अमेरिकी जासुसहरुले केही समय अघि नै राष्ट्रपति जो वाइडेन लगायत उच्च तहमा जानकारी गराइसकेका पनि खबरमा उल्लेख छ ।

रुस सरकारसँग सहमति भएपछि भाडामा सेना उपलब्ध गराउने वाग्नर समूह शिविरमा फर्किएको छ । वाग्नर समूहसँग भएको सम्झौताबारेमा रुसले विस्तृत जानकारी गराएको छैन । तर यस घटनाले रुसले युक्रेन युद्धमा निजी सेना प्रयोग गरी क्रुर लडाइँ गरिरहेकोबारेमा नयाँ बहस शुरु भएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...