अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई प्रशिक्षण प्रदान

news

 
रेडियो आँधीखोला 
वालिङ, १२ असार ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई नियन्त्रणमा लिई प्रशिक्षण प्रदान गरेको छ । आईतबार मात्रै जिल्ला प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरी सवारी चलाउने ८ जनालाई नियन्त्रणमा लिई ट्राफिक सम्बन्धी सचेतनामुलक प्रशिक्षण प्रदान गरेको हो । सडक दुर्घटना न्युनिकरणका लागी प्रहरीले मापसे चेकजाँचलाई कडाई गरेको छ । 
मापसे सेवनबाट सवारी चलाउँदा दुर्घटना भई धनजनको क्षति हुने भन्दै प्रहरीले मापसे चेकजाँचमा कडाई गरेको प्रहरीले जनाएको छ । साथै आईतबार ट्राफिक नियम उंल्लघन गर्ने १४ सवारी सधानलाई कारबाही गरी २८ हजार राजस्व संकलन गरेको छ । जिल्ला प्रहरी कार्यालयले यो असार महिनाको अहिलेसम्मको अवधिमा मात्रै ट्राफिक नियम उंल्लघन गर्ने ५३० सवारीलाई कारबाही गर्दा ४ लाख ३१ हजार राजस्व संकलन गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...