समाचार
विद्य्त् महश्ल समायोजनमा सुनुवाई हुन सकेन, विद्युत् महशुल तत्काल नबढ्ने
रेडियो आँधीखोला
वालिङ, १३ असार ।
नया ँआर्थिक बर्षबाट विद्य्त् महश्ल समायोजन गरिदिन गरेको प्रस्ताबमा कुनै सुनुवाई नहुने भएको छ । बुटवल पावर कम्पनीले आँधीखोल जलविद्युत उत्पादन केन्द्रबाट उत्पादित् विद्युत्को महशुल समायोजन गर्न गरेको प्रस्ताव माथी हाललाई सुनुवाई नहुने गरी थन्किएको हो ।
बुटवलपावर कम्पनीले विद्युत नियमन आयोगमा विद्युत उत्पादन र प्रसारणमा घाटा भएको प्रतिवेदन पेश गर्दै महशुल समायोजन गरिदिन प्रस्ताव पेश गरेको थियो । विद्युत महशुल बढाउन उचित छ या छैन भनी आयोगले २०७९ चैत्र १० गते काठमाण्डौंमा सार्वजनिक सुनुवाई गर्ने भन्दै सार्वजनिक सुचना जारी गरेको थियो । तर उक्त सार्वजनिक सुनुवाईमा स्याङ्जावासी उपभोक्ता भने खबर बिहिनथिए । समाचार बाहिर आए पछि विद्युत महशुल बृद्धि नगर्न यहाँका जनप्रतिनिधि, उपभोक्ता, राजनीतिक दल र नागरिक समाजले चर्को बिरोध गरेकाथिए ।
विद्युतउपभोग गर्ने उपभोक्ताको चर्को दवाव र बुटवलपावर कम्पनीले वितरण गरेको प्रशारणमा केही त्रुटी देखिए पछि हाललाई महशुल समायोजन गर्न नसकिने निष्कर्ष आयोगले निकालेको बताएको छ । आयोगका सचिव गोर्कण पन्थले अहिले बुटवलपावर कम्पनीले पेश गरेको महशुल बृद्धिमा सुनुवाई नभएको बताउनुभयो । जनप्रतिनिधि र उपभोक्ताको चर्को दवावआयो उहांले भन्नुभयो,‘आयोगले यसबारे अनुसन्धान गर्दा बढाउनु पर्ने देखेन र हाललाई स्थगित भएको छ ।’कम्पनीलाई केही घाटा देखिए पनि जनताको गुनासो अनुसार आयोगले अहिलेले विद्युत महशुल समायोजनमा साथदिन सकेन उहाले भन्नुभयो ।
विपिसीले विद्युत प्राधिकरणलाई बेच्न खोजिरहेको छ सचिव पन्थले भन्नुभयोे,‘यो प्रक्रियापनिछलफलकै क्रममा छ ।’ यो बर्ष स्याङ्जाका उपभोक्ताले पुरानै महशुल तिर्न पाउने वातावरण सिर्जना भएको छ । आयोगले दिएको जानकारी अनुसार आँधीखोला जलविद्युत केन्द्रबाट उत्पादित महशुल हाल नबढ्ने भएको छ । बुटवलपावर कम्पनीले उपभोक्ताको ढाड सेक्ने गरी विद्युत महशुल बढाउने तयारी सफल हुन सकेन ।
२०७३ साल साउनदेखीलागुहुने गरी नयाँविद्युतमहशुललागु गरेको कम्पनीले झण्डै ७ बर्षको अवधीमा घाटा भएको बहानामा पुन विद्युत महशुल बढाउने तयारीमा लागेको थियो । प्रतियुनिट २ रुपैया तिर्दै आएका उपभोक्ताले ०७३ साल देखी नयाँ महशुल निर्धारण गर्दा प्रति युनिट औषतमा न्युनतम ५ रुपैया ८०७ पैसा तिर्दै आएकाथिए। कम्पनीेले आयोगलाई औषतमा प्रतियुनिट ५ रुपैया २६६ पैसा घाटाहुदै आएको जनाउदै यो घाटा परिपुर्ति गर्न ५ रुपैया २६६ पैसा बढाउन पर्ने प्रतिवेदन आयोगमा बुझाएको थियो ।
कम्पनीले आँधीखोलाबाट ९.३ मेगावाट विद्युत उत्पादनगर्दै आएको छ । स्याङ्जाको भीरकोट, वालिङ, गल्याङ र चापाकोट नगरपालिका र पाल्पाका केहीपालिकाका ३९ हजार २ सय सेवाग्राहीले यो विद्युत उपभोग गर्दै आएका थिए । यसकालागि ३ करोड ४३ लाख युनिट विद्युत खपत हुने कम्पनीले जनाएको छ ।