अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा असार पन्ध्र आउँदा १० प्रतिशत रोपाईं

news

 
रेडियो आँधीखोला
वालिङ, १४ असार ।
स्याङ्जामा असार १५ आउँदा जिल्लाभर १० प्रतिशत रोपाईँ सकिएको छ । यसपटक पर्याप्त मात्रामा वर्षा नहुँदा असार दोस्रो साता आईपुग्दा पनि जिल्लामा १० प्रतिशत रोपाईँ गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिनुभयो । सामान्य तय रोपाइँ असार पन्ध्र पछि नै गर्दा राम्रो भए पनि कृषकहरुले बाँझो जग्गा तथा मकै भएका खेतहरुमा जेठ अन्तिम साताबाटै छिटै रोपाइँ गर्ने गरेका छन् । गत वर्ष यहि अवधिमा २० प्रतिशत रोपाइँ सकिएको थियो । 
तुलनात्मक रुपमा यो वर्ष समयमै पानी नपर्दा रोपाँई ढिला शुरु भएको हो । अझै पनि मुल फुट्ने गरी पानी नपर्दा यो वर्ष साउन अन्त्मि हप्तासम्मै रोपाईँ हुने अनुमान गरिएको छ । फेँदिखोला, आँधीखोला, पुतलीबजारलगायतका पालिकाहरुमा १५ देखि २० प्रतिशत रोपाइँ गरिएको छ भने तल्लो बेल्ट चापाकोट, कालीगण्डिकीमा भने २ प्रतिशत रोपाइँ गरिएको छ । वालिङ भीरकोटमा ५ प्रतिशत रोपाइँ सकिएको केन्द्रले जनाएको छ । 
विभिन्न हाईब्रिट जातका धानहरु बजारमा भित्रिएपनि स्याङ्जाका कृषकहरुले उन्ननत जातको धान नै लगाउने गरेका छन् । हाईब्रिटमा छिटै रोगकिराले आक्रमण गर्ने भएकाले कृषकहरु उन्नत जातका धानमा आर्कषित छन् । सावित्रि, सुनौलो सुगन्धलगायतका उन्नत जातका धान नै स्याङ्जाका किसानले लगाउँदै आएको केन्द्रका प्रमुख हमालले बताउनुभयो । 
उन्नत जातको धानका लागी जिल्लामा १५ वटा बिउ उत्पादन गर्ने समुह छन् । ति समुहले उत्पादन गरेका उन्नत जातका धान जिल्लामा पुगेर पनि अन्य जिल्लामा निर्यात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा अझै पनि १२ प्रतिशत क्षेत्रफलमा परम्परागत गुडुला, जर्नेलीलगायतका धान रोप्ने गरेका छन भने १५ प्रतिशत हाईब्रिट लगाउने गरेका छन् । 
स्याङ्जाका आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङका क्षेत्र, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धान खेतीका उर्वर क्षेत्र हुन। यहाँ तराईंका फाँटमा झैं धान उत्पादन हुन्छन्। यसैगरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ, गल्याङ धान प्रमुख उत्पादक क्षेत्र हुन ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...