अहिले तरंगमा

केहि छिनमा

समाचार

आज हरिशयनी एकादशी, एकादशीमा स्याङ्जाका धार्मिक स्थलहरुमा बिहानैदेखि भक्तजानको भीड बढ्यो

news

 
रेडियो आँधीखोला 
वालिङ, १४ असार ।
स्याङ्जाका विभिन्न धार्मिक स्थलहरुमा बिहानैदेखि भक्तजनहरुको भीड लगेको छ । बिहानै नजिकैको धार्मिक तिर्थस्थलमा गई स्नान गरी घरमा आएर तुलसीको विरुवा सार्ने चलन हिन्दु धर्मावलम्बीहरुमा रही आएको छ । स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा अवस्थित सेतीवेणी शीला, पाल्पा र स्याङ्जाको संगमस्थलमा अवस्थित रामनदीधाम (राम्दी), छर्तिघाट, हुँगीघाट, उत्तरबाहिनी मालुङ्गा, आँधीघाट, ज्याग्दीघाट, केलादीघाट विशेषगरी कालीगण्डकी नदी किनारमा भीड लाग्ने गर्दछ । त्यस्तैगरी छायाँक्षेत्र शिवमन्दिर (छाङ्छाङ्दी), डहरे देउराली, पञ्चासे लगायतका स्थलहरुमा पनि बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।
 
मन्दिरमा पूजाआजा गर्न आउने दर्शनार्थीहरुको भीड लाग्ने भएकाले पूर्व तयारीसहित विभिन्न उपसमितिहरु बनाएर ब्यवस्थित गरिएको छायाँक्षेत्र शिवमन्दिर ब्यवस्थापन समितिले जनाएको छ । छाङछाङ्दीमा जस्तै जिल्लाका धार्मिक आस्थासँग जोडिएका मठमन्दिरहरुमा दर्शनार्थीको सहजताकालागि ब्यवस्थापन गरेका छन् ।
 
स्वस्थानी ब्रतकथामा उल्लेख भए बमोजिम हिमालय पुत्री पार्वतीको शेष रहेको अन्तिम अङ्ग यसै ठाउँमा पतन भएको किंवदन्ती रही आएको छ । यातायातको सुगमताका दृष्टिले पोखरा सुनौली जोड्ने सिद्धार्थ राजमार्गको किनारमै रहेकाले पनि यहाँ दर्शनार्थीको उपस्थिति बढी हुने गर्छ ।
 
वर्षायाममा नदी तथा खोलामा स्नान गर्न जाँदा विशेष सुरक्षा सावधानी अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेका छन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा राखिएको तुलसीको दलको बिरुवालाई आज घरमा रहेको तुलसीको मठमा रोप्ने गरिन्छ । भगवान विष्णुको स्वरुपकारुपमा लिईने तुलसीको हरिबोधनी एकादशीका दिन बिहे गर्ने चलन रही आएको छ । वैज्ञानिकरुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाईने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिकारुपमा समेत प्रयोग गरेको पाईन्छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...