अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

७२औँ मदन भण्डारी जन्म जयन्ती वालिङमा मनाइयो

news

 
रेडियो आँधीखोला 
वालिङ, १५ असार ।
नेकपा एमालेका तत्कालिन महासचिव तथा जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा वालिङमा अन्र्तक्रिया गरिएको छ । नेकपा एमाले वालिङ नगरकमिटिको आयोजनामा मदन भण्डारी र जनताको बहुदलिय जनवाद विषयक अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय अनुशासन आयोगका सदस्य चक्रबहादुर पराजुलीले जनताको बहुदलीय जनवाद र जननेता भण्डारी र नेकपा एमालेका प्रदेश उपाध्यक्ष मोहन रेग्मीले जनताको बहुदलिय जनवाद र निर्वाचित जनप्रतिनिधिहरुको भुमिका विषयक प्रशिक्षण दिनुभएको हो । 
 
कार्यक्रममा अनुशासन आयोगका सदस्य पराजुलीले जननेता भण्डारी एक प्रभावशाली कम्युनिष्ट आन्दोलनकानेता भएको बताउनुभयो । कार्यक्रममा प्रदेश उपाध्यक्ष रेग्मीले पार्टी र जनप्रतिनिधि बीचको सम्बन्ध विश्वमा कम्युनिष्टहरुको लहर घटिरहेका बेला नेपालमा प्रतिष्पर्धाबाट कम्युनिष्टहले देशको विकास गर्न सक्छन् भन्ने मान्यता स्थापित गरेको भन्दै स्व. भण्डारीले लिएका नितिको कार्यान्वयन नै उहाँप्रतिको सच्च श्रद्धान्जली हुने बताउनुभयो । कार्यक्रम नगर अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव यमकान्त खनाल र स्वागत उपसचिव पिताम्बर खनालले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...