अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ र प्रधानाध्यापकहरुलाई क्षमता विकास तालिम

 
रेडियो आँधीखोला 
वालिङ, १७ असार ।
भीरकोट नगरपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकहरुको एक दिने क्षमता विकास तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । भीरकोट नगरपालिकाको आयोजनामा बयरघारीको तमु समाज हलमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ र प्रधानाध्यापकहरु मार्फत विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागी कार्यक्रम गरिएको हो । 
कार्यक्रममा नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले सामदुायिक विद्यालयहरुमा राज्यले धेरै लगानी गर्दै आएपनि प्रतिफल सोँचेअनुसार हुन नसकेको भन्दै एक आपसमा अनुभव आदानप्रदान गरि शैक्षिक गुणस्तर अभिवृद्धिका लागी प्रविधि अनुसारको नविनतम योजनाहरु ल्याउनुपर्ने बताउनुभयो । नगरप्रमुख कर्माचार्यले देशका केहि नमुना सामुदायिक विद्यालय रहेको भन्दै जहाँ विद्यार्थी तथा अभिभावकहरुको उत्तिकै आर्कषण रहेकाले हाम्रा सबै विद्यालयहरुलाई समेत नमुना विद्यालय बनाउन सकिने भएकाले यसका लागी विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षकहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै स्थानीय तहले गर्ने सबै सहयोग रहने बताउनुभयो । 
कार्यक्रममा निर्वतमान नगरप्रमुख छायाराम खनालले शिक्षाको विकास हुन सकेन भने समाज पछाडि पर्ने भएकाले अवको शिक्षा व्यवहारिक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा स्वागत वडा नं. ८ का अध्यक्ष नन्दलाल खनाल र संचालन शिक्षा अधिकृत नविन थापाले गर्नुभएको थियो । कार्यक्रममा कालिका मावि बुटवलका प्रधानाध्यापक दिनेश थापाले सहजीकरण गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...