अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

वालिङ ८ मा नेतृत्व विकास तथा उद्दघोषण तालिम

news

 
रेडियो आँधीखोला 
वालिङ, १८ असार । 
वालिङ नगरपालिका वडा नं. ८ मा महिलाहरुका लागी नेतृत्व विकास तथा उदघोषण तालिम सम्पन्न भएको छ । वडाले वडाका विभिन्न टोलमा रहनुभएका महिला दिदिबहिनीहरुको नेतृत्व विकास गर्दै महिला शसक्तिकरणमा जोड दिने उद्देश्यले तालिमको आयोजना गरेको हो । तालिमको अवसरमा वडा नं. ८ का अध्यक्ष दामोदर तिवारीले महिलाहरुलाई अगाडि बढाउनका लागी उहाँहरुको नेतृत्व विकास पहिलो खुडकिलो भएको र नेतृत्व विकास गरी आर्थिक रुपमा सबल बनाउने वडाको लक्ष्य रहेको बताउनुभयो । 
तालिमको सही उपयोग गरी आफ्ना वरिपरिका व्यक्तिहरुलाई समेत तालिम आदानप्रदान गरी अगाडि बढ्न सहभागिलाई आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य तथा समन्वय महासंघका प्रदेश महासचिव सरस्वति बगाले, कार्यपालिका सदस्य युगमाया पंगेनी, वडा सदस्य चोलाकान्त अर्याल, कविता परियार, वडा सचिव प्रेमनारायण सुवेदी, सहभागि कृष्ण मल्ललगायतले बोल्नुभएको थियो । तालिममा रेडियो आँधीखोलाका प्रबन्धक तोलाकान्त बगाले, वालिङ टेलिभिजनका गोपाल जिटि, र रामचन्द्र केसीले सहजीकरण गर्नुभयो । तालिममा २५ टोलका प्रति टोल दुई जनाका दरले महिलाहरु सहभागि भएका थिए ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...