अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जाका मार्गहरुमा गुड्ने सवारी साधनका लागि नयाँ भाडादर

news

 
१९ असार वालिङ,
रेडियो आँधीखोला ।
स्याङ्जाका मार्गहरुमा संचालित सवारी साधनहरुका भाडादर तोकिएका छन् । पक्की सडकमा गण्डकी प्रदेशले समायोजन गरेको भाडा दरको आधारमा र कच्ची सडकमा भाडादर निर्धारण गरिएको छ । विस २०७२ सालपछि नयाँ भाडादर कायम गरिएको ब्यवसायीका भनाई छन् । जिल्लामा संचालित यातायातहरुको ब्यवस्थापन एवं अस्थायी मार्ग तथा भाडा निर्धारण समितिसहित सरोकारवालाहरुका बैठकले पक्की तथा कच्ची सडकमा गुड्ने सवारी साधनको भाडादर तोकिएको हो ।
पक्की सडकमा गण्डकी प्रदेशले समायोजन गरेको भाडादरका आधारमा बस यात्राका लागि प्रतिब्यक्ति प्रति किलोमिटर ५ रुपैंया ५० पैसा र जीपमा प्रतिब्यक्ति प्रतिकिलोमिटर ६ रुपैंया कायम गरिएको छ । यसैगरी, कच्ची सडकमा बसका लागि प्रतिब्यक्ति प्रतिकिलोमिटर ११ रुपैंया र जीपका लागि भने १२ रुपैंया लिनेगरी सर्वपक्षिय सहमति बनेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिनुभयो ।
प्रजिअ घिमिरेका अनुसार, ‘सो भाडादर एकहप्ताभित्र जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित गराई प्रमाणित गरिएको भाडादर सवारी साधन र टिकट काउण्टरमा सबैले स्पष्ट देख्नेगरी टाँस्ने र ट्राफिक प्रहरीले नियमित अनुगमन गर्ने, जुन प्रयोजनका लागि लिइएको हो सोही बमोजिम उपयोग गर्नुपर्नेछ, निजी सवारी साधनले सार्वजनिक सवारी सरह यात्रु ओसार पसार गर्न पाउने छैंनन् ।’
टेम्पो दर्ता र रुट परमिटका लागि स्थानीय पालिकाको शिफारिसमा यातायात ब्यवस्था कार्यालयले गर्ने भएकाले जिल्लाका ११ वटै पालिकाभित्र संचालित टेम्पो चल्न मिल्ने मार्गहरुको पहिचानगरी दर्ता शिफारिसका लागि आवश्यक सहयोग गर्न पालिकालाई आग्रह गरिएको छ ।
टेम्पो संचालनका लागि सवारी चालक अनुमति पत्र गण्डकी प्रदेशमै लिनेगरी ब्यवस्था मिलाउनेका लागि यातायात ब्यवस्था कार्यालय पोखरालाई अनुरोध गर्ने निर्णय भएको छ भने अनुमति बिना संचालित टेम्पोका लागि ट्राफिक प्रहरीलाई अनुगमनको जिम्मेवारी दिइएको छ । सवारी चालक अनुमतिपत्रका लागि अझै पनि लुम्बिनी प्रदेशमा जानुपर्ने बाध्यता छ ।
कच्ची तथा पक्की सडकमा गुड्ने सवारी साधनले ८ देखि २५ रुपैंयासम्म भाडा लिने गरेको गुनासो प्रशासनमा आउन थालेपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले भाडादरमा समायानुकलन र एकरुपता ल्याउनेगरी यातायात ब्यवसायी, संचालक एवं यात्रु सहितको बैठक बसेर भाडादर निर्धारण गरिएको बताउनुभयो । यसैगरी, राज्यले सहुलियत प्रदान गरेका जेष्ठ नागरिक, बिद्यार्थी र अपांगता भएका ब्यक्तिका लागि पनि भाडामा छुट र सवारी साधनमा सिट निर्धारण गर्न गरिएको प्रावधानलाई अनिवार्य रुपमा पालना गर्न गराउन समेत सुसुचित गराईएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...