समाचार
वालिङमा कृषि उपज तथा सेवाको प्रदर्शनी हुने
रेडियो आँधीखोला
वालिङ, २१ असार ।
स्याङ्जाको वालिङमा कृषि उपज तथा सेवाको प्रदर्शनी हुने भएको छ । वालिङ नगरपालिकाको आयोजना तथा आधीखोला टेक्निकल कलेजको सहजीकरणमा वस्तु तथा सेवाको प्रदर्शनी हुने भएको हो । प्रदर्शनीमा वालिङ नगरपालिका भित्र उत्पादन भएका विभिन्न कृषिजन्य, पशुजन्य र साना उद्योग जन्य वस्तु तथा सेवाको प्रदर्शनी हुने वालिङ नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सूचना निकालेर वालिङ सिटीहलमा असार २२ र २३ गते हुने प्रदर्शनीमा नगरभित्रका उद्योगी, व्यवसायी तथा कृषकहरुलाइ आ–आफ्ना उत्पादनहरु सहित सहभागीताका लागि अनुरोध गरेको छ ।
दुई दिन सम्म विहान ११ बजे देखि साँझ ५ बजे सम्म हुने प्रदर्शनीमा वस्तुहरुको प्रतिस्पर्धा गराइ उत्कृष्ट वस्तुहरुलाइ पुरस्कृत समेत गरिने नगरपालिकाले जनाएको छ । वालिङ नगरपालिकाले यो प्रदर्शनीमा उपस्थित भई आफ्नो नगरभित्र उत्पादन भएका वस्तुहरुको अवलोकन गरी स्थानीय उत्पादनको स्तर वृद्धिमा सहयोग पु¥याउनका नगरबासीलाई आग्रह समेत गरेको छ ।