अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

चापाकोटमा नयाँ एम्बुलेन्स , गर्भवती तथा सुत्केरीलाइ निःशुल्क सेवा

news

 
रेडियो आँधीखोला 
वालिङ, २२ असार ।
स्याङ्जाको चापाकोट नगरपालिकाले नयाँ एम्बुलेन्स खरिद गरेको छ । नगरबासीको स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी बनाउन नगरपालिकाले एम्बुलेन्स खरिद गरेको हो । बिरामी जेष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति,गर्भवती तथा सुत्केरी महिलाहरुको सेवा प्रवाहलाई सहज बनाउनको लागि नयाँ एम्बुलेन्स खरिद गरिएको नगर प्रमुख देव बहादुर खाँणले बताउनुभयो ।
विशेषगरी पालिका भित्रका गर्भवती तथा सुत्केरीहरुका लागि चापाकोट अस्पतालसम्म लैजान र अस्पतालबाट रिफर गरिएको खण्डमा सम्बन्धित अस्पतालसम्म लैजानको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको चापाकोट नगर प्रमुख खाँणले जानकारी दिनुभयो  ।
एम्बुलेन्स संचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधी निर्माण गरेर एम्बुलेन्स संचालन गरिने नगरपालिकाले जनाएको छ। गर्भवती र सुत्केरीलाई निशुल्क सेवा दिनेगरी कार्यविधी निर्माण गरिने नगर प्रमुख खाँणले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...