अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

स्याङ्जामा दलित केन्द्रले बनायो क्षेत्री सेते खड्काको घर

news

 
रेडियो आँधीखोला 
वालिङ, २३ असार ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ६ धुले चैनपुरका अतिविपन्न ६५ बर्षिया सेते खड्काले नयाँ घर पाउनु भएको छ । बासले बारे र त्रिपालले छाएको घरमा बस्दै आउनु भएका खड्कालाई दलित उत्थान केन्द्र अर्जुनचौपारी घर बनाएर दिएको हो । आ आफ्नो बर्ग, जात जातीमा आउने रकम सोही जात जातीमा प्रयोग गरिरहदाँ यहाँको दलित उत्थानले खड्काको घर बनाउदै नमुना काम गरेको हो । गत मङसिर १८ गते जिल्ला प्रसासनमा दर्ता भएको केन्द्रले गरिब बिपन्न तथा असाहयलाई सहयोग गर्ने अभियान अन्र्तगत सेते खड्काको घर बनाएको हो ।
श्रीमती ६० बर्षिया पवित्रा खड्कासहित लामो समय बासले बारेको घरमा बस्नु भएका सेते खड्कालाई गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले घरको चाबी हस्तान्तरण गर्नु भएको हो । स्थापनाको छोटो समयमा राम्रो काम गरेको हुँदा अतिविपन्न परिवारको हितका लागि काम गर्न पालिकाले दलित उत्थान केन्द्रलाई सहयोग गर्ने र नयाँ नयाँ काममा लाग्न गाउँपालिका अध्यक्ष तिवारीले आग्रह गर्नुभयो ।
खड्का परिवारलाई एक लाख ५६ हजार १०७ रुपियाँमा शौचालय तथा बिजुली जडान गरी निशुल्क घर निर्माण गरेर हस्तान्तरण गरिएको हो । साथै खाद्यान्न सामाग्री र कपडाहरु समेत हस्तान्तरण गरिएको दलित उत्थान केन्द्रले जनाएको छ ।
दलित उत्थान केन्द्रले स्थापनाको सात महिनामै अतिबिपन्नका चार नयाँ घर निर्माण, तीन वटा मर्मत, १५ वटा, ४० परिवारको बिजुली जडान, ३० परिवारलाई न्यानो कपडा, ३० परिवारलाई दशै कोसेली, पाचँ पाचँ सेट सिलाई कटाई मेसीन, आरन निशुल्क प्रदान गरेको छ । पालिकाको दलित उत्थान कोषको १० लाख र दुई लाख पाचँ हजार सहयोगीसगँ संकलन गरेर बिपन्न, गरिबको क्षेत्रमा सहयोग गरेको अध्यक्ष दिपक बिश्वकर्माले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...