अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

कृषि उपज संकलन केन्द्र तथा सामुदायिक बिउ बैंक स्याङ्जामा स्थापना

 
रेडियो आँधीखोला 
वालिङ, २३ असार ।
स्याङ्जामा कृषि उपज संकलन केन्द्र तथा सामुदायिक बिउ बैंकको स्थापना गरिएको छ । पुतलीबजार  बहुउद्देश्यीय विकास केन्द्र स्याङ्जाको आयोजना, पुतलीबजार नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र यूएनडिपिको सहकार्य र सुर्यादय क्लबको व्यवस्थापनमा संचालित हरित पुर्नउत्थान तथा कोभिड १९ प्रतिकार्य पहल परियोजना अन्र्तगत रैथाने बिउ संकलन र सुरक्षण गरी व्यवस्थापन गर्ने उद्देश्यले संकलन केन्द्रको स्थापना गरिएको हो । साथै कृषि उपजको बजारीकरणका लागी पनि उक्त संकलन केन्द्रले सहयोग पुग्नेछ । 
कार्यक्रममा नगरपमुख तुसलीराम रेग्मीले कृषकको उत्पादनलाई बजारको पहुँचमा लैजानका लागी संकलन केन्द्रले सहयोग गर्ने भन्दै कृषकहरुलाई उत्पादनमा प्रोत्साहन गर्नका लागी नगरपालिका प्रतिवद्ध भएर लागी परेको बताउनुभयो । साथै नगरप्रमुख रेग्मीले पुतलीबजार १२ मा निर्मित हाईटेक नर्सरीको पनि उद्दघाटन गर्नुभएको छ । कार्यक्रममा यूएनडिपिका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले रसायनिक विषादीले उपाभागले जनस्वास्थ्यमा असर पारेको बताउँदै जैविक खेति गर्नका लागी परियोजनाले प्रोत्साहन गरेको बताउनुभयो । 
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना प्रम्ुख माधव लम्साल, सुर्योदय क्लबका सचिव रमेश गोदार, पिलडाँडा कृषक सहकारी संस्थाकाअध्यक्ष दुर्गा काफ्ले, कृषक ज्ञानेन्द्र ढकाल र बृहस्पती अर्याललगायतले बोल्नभभएको थियो । सहकारीका अध्यक्ष विष्णुप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष भुमिजंग केसी र संचालन सचिव गुरुप्रसाद ढकालले गर्नुभएको थियो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...