अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

सुडानमा भएको पछिल्लो हवाई आक्रमणमा २२ जनाको ज्यान गयो

news

 

असार २४,  सुडानको राजधानी खार्तुममा भएको पछिल्लो हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा महिला र बालबालिका पनि रहेका छन् ।

राजधानी खार्तुममा नाइल नदी किनारमा रहेको ओमदुरमानको दार एस सलाम जिल्लामा हवाई आक्रमण भएको बीबीसीले जनाएको छ । सुडानमा सेना र अर्धसैनिक बल (आरएसएफ)बीच गएको अप्रिलदेखि लडाइँ हुँदै आएको छ ।

दुई सेनाबीचको यो द्वन्द्वले अहिलेसम्म कम्तीमा तीन हजार नागरिकको ज्यान गएको छ । लाखौँ नागरिक विस्थापित भएका छन् । लडाइँ राजधानी खार्तुम, उत्तरी कोर्डोफान र डार्फरको विशाल पश्चिमी क्षेत्रमा केन्द्रित छ । पछिल्लो आक्रमणबाट भएको मानवीय क्षतिको दोष सेना र आरएसएफले एकअर्कालाई दिएका छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...