अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

वालिङ ४ को वडा कार्यालय भवनको शिलन्यास

 
रेडियो आँधीखोला 
वालिङ, २७ असार ।
वालिङ नगरपालिका वडा नं. ४ को प्रशासकिय भवनको शिलन्यास गरिएको छ । भवनको शिलन्यास नगरप्रमुख कृष्ण खांणले गर्नुभएको हो । नगरप्रमुख खांणले नगरका १४ वटै वडाहरुको प्रशासकिय भवन निर्माण गरी नागरिकलाई सहज सेवासुविधा प्रवाह गर्ने प्रयास गरिएको बताउनुभयो। अब बन्ने भवनहरु समयसापेक्ष, प्रविधिमैत्रि र छिटो छरितो सेवा प्रवाह गर्न खालका निर्माण गर्नुपर्ने नगरप्रमुख खांणको भनाई छ । वडा वडाको विकासले नै नगरको विकास हुने भएकाले विकास र समृद्धिका लागी नागरिक, जनप्रतिनिधिबीचको सम्बन्ध महत्वपुर्ण रहने प्रमुख खांणले बताउनुभयो । 
कार्यक्रममा कार्यपालिका सदस्य युगमाया पंगेनी, वडा सदस्यहरु, पुर्व वडा अध्यक्ष तथा सदस्यहरु, पुर्व गाविस अध्यक्ष, पुर्व कर्मचारी तथा स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष हरिप्रसाद खनालले  भवन निर्माणका लागी बजेट विनियोजन गरेर सहयोग गर्ने गण्डकी प्रदेश र साझेदार नगरपालिकाप्रति आभार व्यक्त गर्दै नयाँ भवनबाट नागरिकको सेवा प्रवाहमा सहजता मिल्ने बताउनुभयो । 
कार्यक्रम अध्यक्ष खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन वडा सचिव जीवन घर्तीेले गर्नुभएको थियो । स्थानीय जग्गा दाता इन्द्रबहादुर गुरुङले भनव निर्माणका लागी २ रोपनी ८ आना जग्गा प्रदान गर्नुभएको हो । एलादी काउले स्थित एलादी स्वास्थ्य चौकीको अगाडि बन्न लागेको भवन ७० लाखको लागतमा निर्माण सम्पन्न हुनेछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...