समाचार
स्याङ्जाको अर्जुन चौपारीमा निर्माण गरिएको हेलीप्याड गाउँपालिकालाई हस्तान्तरण
रेडियो आँधीखोला
वालिङ, ३० असार ।
स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका १ बजारमा निर्माण गरिएको हेलीप्याड हस्तान्तरण गरिएको छ । पोखरा एयरपोर्ड पछाडी गण्डकीकै सबै भन्दा ठुलो हेलीप्याड नेपाली आर्मी समरजीत गुल्मको प्राबिधिक तथा श्रमदानमा र अर्जुन चौपारी गाउँपालिकाको आर्थिक ब्यवथापनमा निर्माण भएको हो । हेलीप्याड गाउँपालिका अध्यक्ष प्रकाश तिवारीलाई गुल्मका गुल्मपति सेनानी हरि प्रसाद भट्राईले हस्तान्तरण गर्नुभएको हो । जोखिमको बेला उद्धारमा टेवा पु¥याउने हेतुले आर्मीसगँ सहकार्य गरेर हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।
पहुचबाट बाहिर रहेकालाई बिपतमा उद्धार गर्ने र आर्मीको नागरिकसगँ सम्बन्ध सुमधुर बनाउन हेलीप्याडमा पालिकासगँ सहकार्य गरिएको सुरक्षा समितिका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनुभयो । पालिकाको तत्परताले जिल्लामै पहिलो हेलीप्याड बनेको बताउदै घिमिरेले अन्यठाउँमा आवश्यकता भए आर्मीले सहयोग गर्ने बताउनुभयो ।
नेपाली आर्मीका क्याप्टेन धन बहादुर तामाङको नेतृत्वमा दैनिक २० जनाको श्रमद्धानमा २० दिनमा हेलीप्याड निर्माण सकिएको थियो । सात लाख ३३ हजार ४ सय ५९ रुपियाँको लागतमा हेलीप्याड निर्माण हो । ६० फिट लम्बाई र ६० फिट चौडाइ तथा डेढ फुट ढलान हेलीप्याड कास्की बाहेकको बाहिरी जिल्लामा रहेका मध्ये सबै भन्दा ठुलो हो । हेलीप्याडमा चाडैनै आर्मीको हेलिकोप्टर अवतरण गरेर परिक्षण गर्ने गुल्मले जनाएको छ । पालिकाका अध्यक्ष तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रको संचालन अर्जुचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्वलबहादुर बस्नेतले गर्नुभएको थियो ।