अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

अफगानिस्तानमा पाँच महिनामा दुई लाख ७० हजारभन्दा धेरै कुपोषित बालबालिकाको उपचार

news

 

असार ३०, काठमाण्डाै – संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले अफगानिस्तानका दुई लाख ७० हजारभन्दा धेरै कुपोषित बालबालिकाको उपचार गरेको दाबी गरेको छ । बितेका पाँच महिनामा कुपोषणको सिकार भएका दुई लाख ७३ हजार बालबालिकाको उपचार भएको युनिसेफले जनाएको छ ।

अफगानिस्तानमा तालिवानले शासन सम्हालेपछि गरिबीमा वृद्धि भएको र यसले बालबालिका पनि कुपोषणको सिकार भएका सहायता निकायले बताउँदै आएका छन् । तालिवानले मानवीय सहायता सङ्गठनहरूमाथि प्रतिबन्ध लगाएको छ ।

अफगानिस्तानका लागि युनिसेफका प्रतिनिधि फ्रान इक्विजाले यो वर्ष झण्डै २३ लाख अफगानी बालबालिकाले कुपोषणको सामना गर्नुपर्ने चेतावनी दिनुभएको समाचार संस्था एएनआईले जनाएको छ । उनीहरूलाई खाद्यान्न, पोषिला खाद्यपदार्थ उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायले सघाउनुपर्ने तथा तालिबान सरकारले सहायता निकायलाई शङ्काको दृष्टिले हेर्न नहुनेमा पनि मानवीय सहायता निकायको जोड छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...