अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जाको कालीगण्डकीमा ड्रागन फलको व्यवसायिक खेति

news

 
रेडियो आँधीखोला 
वालिङ, ३१ असार ।
स्याङ्जाको पश्चिममा रहेको कालीगण्डकी गाउँपालिकाले ड्रागन ( सिउडी फल ) खेतिको बिकासमा लागेको छ । स्थानीय उत्पादनमा वृद्धि ल्याई गाउँवासीलाई आत्मनिर्भर बनाउने उद्देश्य लिएको गाउँपालिकाले ड्रागन ( सिउडी फल ) खेतिको विकासमा लागेको हो । कृषि व्यावसायीकरणलाई अगाडि बढाउने क्रममा नयाँ अभ्यासकारुपमा ड्रागन ( सिउँडी फल ) खेतिलाई लिइएको छ । गाउँपालिका कृषि शाखा अधिकृत अनुप पौडेलका अनुसार प्राविधिकहरुको सल्लाह बमोजिम सिउँडी फल खेति सुुरु गरिएको हो ।
 
गाउँपालिकाले वडा नम्वर ४ बिर्घा पुछारमा “नमूना ड्रागन फ्रुट बगैंचा” स्थापना गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ देखि संघीय सरकारको सशर्त अनुदान र पालिकाको लगानीमा यो बगैचा सञ्चालनमा ल्याइएको हो । २४ रोपनी क्षेत्रफलमा फैलिएको बगैंचामा ड्रागन फ्रुटका १ हजार ६ सय पिलर छन् । प्रति पिलर ३ वटाका दरले ४ हजार ८ सय बिरुवा लगाइएको छ । लगाएको दुई तीनवर्षदेखि फल्न थाल्ने शाखाका अधिकृत पौडेलले जानकारी दिनुभयो । सिउँडी फलले एक पटक लगाएपछि २५ वर्षसम्म फल दिन्छ । बजारको माग पनि राम्रो भएकाले ड्रागनखेति सजिलो अनि फाइदाजनक हुने कृषि शाखाका अधिकृत पौडेलको विश्वास छ । यो खेतिको बिस्तारका लागि पालिकाको कृषि शाखाले नर्सरी स्थापना गरेर बिरुवा उत्पादनलाईसमेत अगाडि बढाएको छ ।
 
नयाँ खेतिप्रति किसानहरुलाई विश्वस्त पार्नका लागि पालिकाले नै सुरु गरेको कृषि शाखा अधिकृत पौडेलले बताउनुभयो । उहाँका अनुसार यसमा सेतो र रातो दुई थरी हुन्छन् । स्वादिलो र मूल्य पनि धेरै पर्नेहुँदा रातो लगाइएको छ । प्रति किलो सेतोको ६ सय र रातो ८ सयसम्ममा विक्रि हुन्छ ।
 
बगैंचाले गतवर्षदेखि फल दिन थालेको छ, । वैशाख जेठमा फूलेपछि असोज कार्तिकसम्म यो फल खान पाइन्छ । यो फल डेंगुलगायतका रोगबाट सुरक्षित रहनका लागि लाभदायक हुने भएकाले बुटवललगायतका ठाउँबाट गत वर्ष राम्रो माग आएको शाखाका अधिकृत पौडेलले बताउनुभयो । योसँगै रोग प्रतिरोधात्मक क्षमताका लागि पनि सिउडीफल निकै उपयोगी मानिन्छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...