अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

स्वास्थ्य कार्यालय स्याङ्जालद्धारा चालु आर्थिक बर्षमा गरेका सम्पादित क्रियाकलापहरु सार्वजनिक

 
रेडियो आँधीखोला 
वालिङ, ३१ असार ।
स्वास्थ्य कार्यालय स्याङ्जालले चालु आर्थिक बर्षमा गरेका सम्पादित क्रियाकलापहरु सार्वजनिक गरेको छ ।जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटीको प्रमुख आथित्यतामा सम्पन्न गरिएको कार्यक्रममा जिल्ला प्रशासन, जिल्ला प्रहरी, शिक्षा समन्वय इकाई, स्थानीय सरकार, जिल्ला रेडक्रस र नेपाल पत्रकार महासंघ सहित जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो । चालु आर्थिक बर्षको प्रगति विवरण पेश गर्दै स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले वित्तिय प्रगतिमा ७६ प्रतिशत र भौतिक प्रगतिमा ९८ प्रतिशत कामहरु भएको बताउनुभयो । 
राष्ट्रिय खोप, मातृ र नवजात शिशुको अवस्था, परिवार नियोजनको अवस्था, पोषण कार्यक्रम, स्वास्थ्यकर्मीलाई तालिम, रोग नियन्त्रण कार्यक्रम, स्वास्थ्य तथा सुचना सहित शिक्षा कार्यक्रम, स्वास्थ्य कार्यालयको पुँजीगतबाट सम्पन्न गरिएको कामहरु र चुनौतीका बारेमा भएका कार्यसम्पादनका बिषयमा जानकारी दिनुभयो । स्वास्थ्यका गतिविधि अहिले स्थानीय सरकारबाट पनि भइरहेको र स्वास्थ्य कार्यालयले पनि त्यसलाई सहजकिरणमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । कार्यक्रममा समन्वय प्रमुख जिटीलेले नीजि क्षेत्रले स्वास्थ्य र शिक्षामा नागरिकलाई महङ्गोमा सेवा दिइरहेकाले त्यसको कडाईका साथ अनुगमन गर्नुपर्ने बताउनुभयो ।
सरकारले शिक्षा र स्वास्थ्यलाई निशुल्क भनिएपनि नागरिकको त्यस्तो सेवामा अझै पहुँच पु¥याउन नसक्नु दुखद भएको बताउनुभयो । संघियताले गाउँ—गाउँमा बनेका स्वास्थ्य संस्थाको सुदृढिकरणमा समस्या हुने गरेको जिटीको भनाई छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...