अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पर्वतमा जीप दुर्घटना हुँदा सात वर्षीया बालिकाकाे ज्यान गयाे, ११ जना घाइते

news

 

 असार ३१, काठमाण्डाै - पर्वतमा जीप दुर्घटना हुँदा सात वर्षकी बालिकाकाे ज्यान गएकाे छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । 

कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङको गौडामुनिमा गएराति भएको जीप दुर्घटनामा शीतल विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको हाे ।

घाइतेमध्ये चार वर्षका प्रिन्स क्षेत्री र ५० वर्षकी चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिनुभयो ।

उकालो बाटोमा गुड्दै गरेको जीप अनियन्त्रित भइ सडकबाट झण्डै ३० मिटर तल खसेको प्रहरीले जनाएकाे छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...