अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जाको विरुवा गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को लागि बजेट पारित

news

 
रेडियो आँधीखोला 
वालिङ, १ साउन ।
स्याङ्जाको विरुवा गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को लागि ४८ करोड ८० लाख ६७ हजार छ सय रुपैयाँ बराबरको अनुमानित बजेट पारित गरेको छ । १३ औ गाउँसभाले पारित गरेको बजेटको चालुतर्फ ३३ करोड १६ लाख ६२ हजार छ सय र १५ करोड ६४ लाख ४५ हजार रुपैयाँ पूँजीगत रहेको छ । पूँजीगत तर्फको बजेट आर्थिक विकासतर्फ १४.९७ प्रतिशत, सामाजिक विकासमा २४.३८ प्रतिशत, भौतिक पुर्वाधार विकासमा ४७.२३ प्रतिशत,वन वातारवरणमा ७.४४ प्रतिशत र संस्थागत विकास सेवा प्रवाहमा ५.९८ प्रतिशत रहेको छ भने चालुतर्फको बजेट जनप्रतिनिधिको पारिश्रमिकसहित हो । विवादका कारण गत असार ९ गते सुरु भएर दुई पटकसम्म स्थगित गरिएको १३ औं गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रमले गाउँपालिकालाई उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्ने, स्वच्छ, सफा र सुन्दर गाउँपालिकाको पहिचानलाई प्राथमिकता दिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष सूर्य कुँवरले गरिबीको रेखामुनी रहेको जनताहरुको पहिचान गरी यसै वर्षभित्र परिचयपत्र वितरण गर्ने लक्ष्य लिएको बताउनुभयो । उहांका अनुसार पालिकाले गरिबीको परिचयपत्रको आधारमा सेवा सुविधा दिनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ‘एक घर एक रोजगार’ कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आबमा रोजगारी कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनको लागि पालिकाबाट साझेदारी गर्ने नीति लिएको उहांले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...