अहिले तरंगमा

केहि छिनमा

समाचार

पर्यावरणमैत्री स्याङ्जा बनाउन बृक्षारोपण

news

 
रेडियो आँधीखोला 
वालिङ, २ साउन ।
स्याङ्जा जिल्लालाई पर्यावरणमैत्री स्याङ्जा बनाउन बृक्षारोपण अभियान शुरु गरिएको छ । स्याङ्जाको पर्यावरणमा समस्या देखिएको अनुभुती पाएपछि राष्ट्रिय संकल्प अभियानका अभियान्ताहरुले बृक्षारोपण अभियान शुरु गरेका हुन् । ‘बृक्षा रोपण गरौ, पानीको मुल जोगाऔं’, ‘हामी सबै बाचौं र सबै प्रणाली बचाऔं’ भन्ने मुल नाराका साथ नयाँ आर्थिक बर्षको शुभारम्भ सगै राष्ट्रिय संकल्प अभियानले बृक्षारोपण कार्यक्रम अगाडी बढाएको हो । 
देशका विभिन्न जिल्लामा यो अभियान शुरु गरिने भएपनि पहिला स्याङ्जा जिल्लाभरी बृक्षारोपण गरिसकेपछि मात्रै अन्य जिल्लामा बृक्षारोपण अभियान शुरु गरिने आयोजकले जनाएका छन् । पर्यावरण विग्रेका कारण खानेपानीका मुहान सुक्ने, बाढीपहिरो बढेको र बाँदर आतङकले गाउँबस्ती बसाई सर्न बाध्य भएको जस्ता कठिनाई मानवले भोग्न परेकाले बृक्षारोपण अभियान शुरु गरिएको अभियान्ता दुर्गादत्त भुसालले जानकारी दिनुभयो । उहांका अनुसार स्याङ्जाका ९७ ओटै वडामा माटो अनुसारको १ लाख भन्दा बढी बिरुवा बृक्षारोपण गरिने बताउनुभयो । 
जंगल बढेपनि पर्यावरणमैत्री रुखबिरुवा नहुँदा प्रकृतिले पनि मानवलाई दुःख दिएको अभियान्ता भुसालको दावी छ । जंगलमा खानेकुरा नहुँदा बाँदरहरु बस्तीमा आउन थाले उहांले भन्नुभयोे,‘बाँदरलाई नियन्त्रणगर्न हरेक जंगल र छाडिएका पाखाबारीमा फलफुलका बिरुवा लगाउने छौं ।’ जसले गर्दा केही हदसम्म बाँदरहरु बस्तीमा आउन रोकिने छ उहांले भन्नुभयोे । 
भुसालको नेतृत्वमा जिल्लाकै एतिहासिक धार्मिक स्थल छायाँक्षेत्र मन्दिर परिसरमा बृक्षारोपण गरेर यो अभियानको शुरुवात गरिएको हो । उहांले आँधीखोलालाई तटीयबन्धनबाट बचाउन आँधीखोलाको मुहानदेखी आँधीखोला मिसिने कालीगण्डकी मिर्मि सम्म पनि बृक्षारोपण गरिने बताउउनुभयो । 
झण्डै दुईदर्जन भन्दा बढी प्रजातिका विरुवाहरु बृक्षारोपण गरिने बताइएको छ । वर, पिपल, अम्बा, टिमुर, अमला, लब्सी, आरु लगायत बाँदरका लागि र बाढीपहिरो रोक्न बाँस, अम्रिसो, सल्लो, उत्तिस, सिसौ लगायत झण्डै दुईदर्जन प्रजातिका बिरुवाहरु लगाईने छ । यो अभियानलाई सबै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न सामाजिक संघसंस्था लगायत सबै स्याङ्जावासीले यस कार्यमा सहयोग गर्न अभियान्ता भुसालले अनुरोध गरेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...