अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

साउनको पहिलो सोमबार छायाँक्षेत्रमा ३ लाख ३९ हजार भेटि संकलन

news

 
रेडियो आँधीखोला 
वालिङ, २ साउन ।
स्याङ्जा जिल्लाको प्रसिद्ध ऐतिहासिक मन्दिर छायाँक्षेत्र मन्दिर छाङछाङदीमा २० हजार भक्तजनहरुले मन्दिर दर्शन गरेका छन् । साउनको पहिलो सोमबार साउने सक्रान्तीका दिन परेकाले पनि भक्तजनहरुको उल्लेख्य सहभागिता रह्यो । साउन महिना शिव भगवानको महिनाको रुपमा हेरिन थालेपछि पछिल्लो समय साउन महिनामा शिवालय मिन्दरहरुमा भक्तजनहरुको घुइचो लाग्न थालेको हो । 
साउन महिनाको पहिलो सोमवार भक्तजनहरुको सहभागिता रहेपछि छायाँक्षेत्र दर्शन गर्न आउने भक्तजनहरुको संख्या यो महिनाभरी उ्रल्लेख्य रहने विश्वास छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिले गरेको छ ।  जिल्लाकै अति पवित्र धार्मिक स्थल मानीने छायाँक्षेत्रमा विगतका बर्षहरुमा भन्दा अहिले दर्शन गर्न आउनेको संख्या बढेको छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले बताउनुभयो ।। 
श्रावण महिनामा शिवजीको ब्रत वस्दा मनोकाक्षां पुराहुने धार्मिक जनविश्वासका साथ साउन महिनाभरी चोखो खाएर भगवान शिवको उपासना गर्ने गरिन्छ । यसैबीच मन्दिरमा  पहिलो साउनको सोमबारका अवसरमा छायाँक्षेत्र मन्दिर छाङछाङदीमा ३ लाख ३९ हजार ९९९ रुपैँया भेटि संकलन भएको छ । 
मन्दिर व्यवस्थापन समितिका सचिव तथा आर्थिक संकलन समिति संयोजक शोभाकान्त पौडेलका अनुसार मन्दिरमा सहयोग रसिदबाट ५० हजार ९४४, आजिवन सदस्यताबाट १५ हजार ५०५, दु्रतमार्गबाट १ लाख २ हजार ६००, पार्किङबाट ३ हजार, मन्दिर तथा भजन मण्डालीबाट ७० हजार ७१०, स्टल विक्रिबाट ४७ हजार १५०, दानपेटिकाबाट ५० हजार गरी ३ लाख ३९ हजार ९०९ रुपैँया संकलन भएको हो । 
यसरी विभिन्न पर्व विषेशबाट संकलित भेटि तथा रकमले मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गरिँदै आईएको छ । छाँयाक्षेत्र मन्दिरको महिमा श्री स्वस्थानी ब्रत कथामा समेत उल्लेख छ । श्रीस्वस्थानी वर्त कथामा भनिए अनुसार भगवान शिवले पहिलो बिबाह गरेका सतिदेवीको स्वर्गारोहण भएपछि अर्ध पागलको रुपमा सतीदेवीको मृत शरिर लिएर डुल्ने क्रममा गलेको शरिरको अन्तिम अंग खसेको धार्मिक बिश्वासका साथ छायाँक्षेत्र मन्दिरमा विशेष पर्वहरुमा भक्तजनको भिड लाग्ने गर्छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...