अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

स्याङजाको भीरकोट पार्क परिसर तथा आँधीखोला किनारमा बृक्षारोपण

 
रेडियो आँधीखोला 
वालिङ, ३ साउन ।
भीरकोट पार्क परिसर तथा आँधीखोला किनारमा बृक्षारोपण गरिएको छ । पार्क परिसर तथा दहथुम झारखाम आँधीखोला किनारमा चाँप, खयर, पिपलप्रजातिका ३०० विरुवा रोपण गरिएको हो ।  
‘बृक्षा रोपण गरौ, पानीको मुल जोगाऔं’, ‘हामी सबै बाचौं र सबै प्राणी बचाऔं’ भन्ने मुल नाराका साथ नयाँ आर्थिक बर्षको शुभारम्भ सगै राष्ट्रिय संकल्प अभियानले बृक्षारोपण कार्यक्रम अगाडी बढाएको हो । सोहि अभियानको निरन्तरता स्वरुप आज पनि बृक्षारोपण गरिएको अभियन्ता दुर्गादत्त भुषालले बताउनुभयो ।
वातावरण प्रतिकुल बन्दै जाँदा खानेपानीका मुहान सुक्ने, बाढीपहिरो बढेको र बाँदर आतङकले गाउँबस्ती बसाई सर्न बाध्य भएको जस्ता कठिनाई मानवले भोग्न परेकाले बृक्षारोपण अभियान शुरु गरिएको अभियान्ता दुर्गादत्त भुसालले जानकारी दिनुभयो । उहांका अनुसार स्याङ्जाका ९७ ओटै वडामा माटो अनुसारको १ लाख भन्दा बढी बिरुवा बृक्षारोपण गरिने बताउनुभयो । 
झण्डै दुईदर्जन भन्दा बढी प्रजातिका विरुवाहरु बृक्षारोपण गरिने बताइएको छ । अम्बा, टिमुर, अमला, लब्सी, आरु लगायत बाँदरका लागि र बाढीपहिरो रोक्न बाँस, अम्रिसो, सल्लो, उत्तिस, सिसौ लगायत झण्डै दुईदर्जन प्रजातिका बिरुवाहरु लगाईने छ । यो अभियानलाई सबै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न सामाजिक संघसंस्था लगायत सबै स्याङ्जावासीले यस कार्यमा सहयोग गर्न अभियान्ता भुसालले अनुरोध गरेका छन् । त्यस्तै भोली जगतपुर स्वास्थ्य चौकी परिसरमा बृक्षारोपण गरिने कार्यक्रम रहेको अभिन्ता भुषालले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...