अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Songs & Add

समाचार

भीरकोटमा पशुमा देखिने लम्पी स्किन रोग फेरि देखियो, सतर्क रहन तथा सरसफाईमा ध्यान दिन नगरपालिकाको आग्रह

news

 
रेडियो आँधीखोला 
वालिङ, ३ साउन ।
भीरकोट नगरपालिकामा पशुमा देखिने लम्पी स्किन रोग देखिएको छ । भीरकोट ७ लोलुङा स्थित लालप्रसाद कोईरालाले पाल्नुभएको गाईमा लम्पी स्किन देखिएको हो । बँधुवा गाईलाई एक्कासी लम्पी स्किन देखिएपछि सतर्क रहन नगरपालिकाले आग्रह गरेको छ । लालप्रसादको गोठमा रहेका दुई गाई मध्ये एउटा गाईको शरीरमा गिर्खा आएको छ भने ज्वरो समेत देखिएको उहाँले बताउनुभयो । लक्षण देखिएपछि अहिले प्राविधिकहरुले लालप्रसादको घरमै पुगेर आवश्यक औषधी दिएका छन् भने लम्पी स्किन देखिएको गाईलाई छुट्टै राखिएको छ । 
भीरकोटमा यसअघि पनि वडा नं. १ मा लम्पी स्किन देखिएको थियो । त्यसपश्चात नगरपालिकाले व्यवसायिक फर्महरुमा लम्पी स्किन विरुद्ध भ्याक्सिन लगाईसकेको छ । लम्पी स्किन पशुहरुमा देखिने महामारी नै भएकाले यसबाट बच्न गोठको सरसफाई, भ्याक्सिन, झिंगाहरुको टोकाईबाट बचाउनुपर्ने प्राविधिकहरुले बताएका छन् । भीरकोटमा पुनः लम्पी स्किन देखिएपछि नगरपालिकाले सतर्क रहन आग्रह गरेको छ । भीरकाट नगरपालिकाले एक सूचना प्रकाशित गरी सतर्क रहन आग्रह गर्दै यसका लक्षण देखिएमा तुरुन्त नगरपालिकाको पशुसाखामा सम्पर्क गर्न समेत आग्रह गरेको छ । 
यो रोग लागेपछि पशुहरुमा १०४ डिग्री ज्वरो आउने, घाँस, कुँडो कम खाने, झोक्राउने, दुहुना पशुले दुध घटाउँदै जाने, छालामा गिर्खा, गाँठा तथा फोकाहरु देखिने, थुतुनो, ओठ, मुख, नाक भित्र घाउ देखिने, रयाल काड्ने,संक्रमण बढ्दै गएमा थुनेलो समेत हुने, पाठेघरमा असर गरी गर्भ तुहिने, गर्भ नरहने, लिम्फ नोडहरु सुनिने अन्त्यमा पशुहरुको मृत्यु समेत हुन सक्छ । 
यसबाट बच्न गोठ र मलखादको दुरी कम्तीमा ८ देखि १० मिटर टाढा बनाउने, पशु राख्ने गोठ वरपर सरसफाई तथा निसंक्रमण प्रक्रिया नियमति गर्ने, रोग देखा परेको १० किलो मिटर वरपर पशुहरुको किनवेच तथा आवातजावत नगर्ने नगराउने, रोगी र निरोगी पशुहरु छुट्टाछुट्टै राख्ने, झिगा, किर्ना, उपिया, लामछुट्टे, जस्ता किरा नियन्त्रणका लागी उपयुक्त किटनाशक तथा रसायनको प्रयोग गर्नुपर्छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...