समाचार
अमेरिकी विज्ञलाई समेत आमन्त्रण
आँधीखोला खबर
बैशाख १७
उत्तर कोरियाले आगामी मे महिनामा आफ्नो आणविक कार्यक्रम रोक्ने भएको छ । मे महिनामा आफूले आणविक कार्यक्रम रोक्ने जानकारी उत्तर कोरियाली नेता किम जोङ उनले दिएको दक्षिण कोरियाली एकजना वरिष्ट अधिकारीले बताएका छन् । किमले उक्त जानकारी हालैमात्र भएको दक्षिण कोरियाली राष्ट्रपतिसँगको भेटवार्ताका क्रममा दिएको दक्षिण कोरियाली राष्ट्रपतिका सल्लाहकार युन योङ चानले बताएका छन् ।