अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

वालिङमा एसइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान एवम् करियर काउन्सिलिङ कार्यक्रम

news

 
रेडियो आँधीखोला
वालिङ, ५ साउन ।
स्याङ्जाको वालिङ्मा एसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान एवम् करियर काउन्सिलिङ कार्यक्रम गरिएको छ । अखिल नेपाल विद्यार्थी युनियन वालिङ नगर कमिटिले २०७९ का एसइइ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान एवम् करियर काउन्सिलिङ कार्यक्रम गरेको हो ।
 
कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले गण्डकी प्रदेशका उपाध्यक्ष मोहन रेग्मीले प्रतिस्पर्धामा पहिलो बन्ने प्रयास गर्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेशका विधायन समितिका पूर्व सभापतिसमेत रहनुभएका रेग्मीले २१ औं शताव्दी टेक्नोलोजीको शताव्दी भएकाले विद्यार्थीहरुले समयको मागलाई बुझेर प्रतिस्पर्धामा अव्वल बन्नेगरी अध्ययनलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 
 
आ आफ्नो क्षमताका आधारमा विषय छनौट गरेर उच्च शिक्षा हासिल गर्न आग्रह गर्दै नेता रेग्मीले हामीले गन्तव्य प्राप्तीका लागि निरन्तर लाग्नुपर्ने उल्लेख गर्नुभयो । विद्यार्थी हकहीतका सन्दर्भमा अनेरास्ववियुले उल्लेखनीय योगदान गरेको उहाँले व्यक्त गर्नुभयो । विद्यार्थीको हकहीतका पक्षमा नेकपा एमाले सधैं उभिने उहाँको भनाई छ । 
 
नेकपा एमालेले अगाडि सारेका कुराहरुलाई अवलम्वन गर्न आग्रह गर्दै नेता रेग्मीले सकारात्मक हुन आवस्यक रहेको औंल्याउनुभयो । कार्यक्रममा एसइइमा उत्तीर्ण वालिङ क्षेत्रका विद्यार्थीहरुलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...