समाचार
नेपाल प्रेस युनियन स्याङ्जाको नवनिर्वाचित समितिको पदस्थापन
रेडियो आँधीखोला
वालिङ, ७ साउन ।
नेपाल प्रेस युनियन स्याङ्जाका नवनिर्वाचित समितिले पदस्थापन गरेका छन् । शनिबार वालिङमा आयोजित कार्यक्रममा नेपाल प्रेस युनियन स्याङ्जाका नवनिर्वाचित समितिको पदस्थापन तथा माइन्युट हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश डोटेलले नेपाल प्रेस युनियनको नवनिर्वाचित समितिले समाजका बेथिति र विसंगितलाई उजागर गराउन सशक्त भुमिका निर्वाह गर्ने बताउनुभयो । साथै प्रदेश सदस्य डोटेललेसमाज परिर्वतनको लागी पत्रकारहरुको भुमिका महत्वपुर्ण रहेको भन्दै पत्रकार कसैको पक्षविपक्षमा नहुँने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, महासंघका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मा, नेपाल प्रेस युनियन गण्डकी प्रदेश लेखा समितिका संयोजक राधाकृष्ण डुम्रेलगायतले नवनिर्वाचित समितिलाई देशमा व्यप्त भ्रष्टाचारको न्युनिकरणका लागी आफ्नो कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तोलाकान्त बगालेले आफ्नो कार्यकालमा पत्रकारिताको क्षेत्रमा नयाँ आयाम थपिने बताउनुभयो । कार्यक्रम निर्वतमान अध्यक्ष प्रदिप कोईरालाको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष गोपिकृष्ण रेग्मी र संचालन सचिव शंकर सुवेदीले गर्नुभएको थियो । साथै नेपाल प्रेस युनियनको पहिलो बैठक समेत सम्पन्न भएको छ । बैठकले निर्वाचन सफल रुपमा सम्पन्न गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गर्दै विभिन्न निर्णयहरु गरेको छ ।