समाचार
विपि स्मृति दिवसका अवसरमा वालिङमा वृक्षारोपण भिरकोटमा रक्तदान
रेडियो आँधीखोला
वालिङ, ७ साउन ।
४१औँ विपि स्मृति दिवसका अवसरमा स्याङ्जामा विभिन्न कार्यक्रम गरीएको छ । नेपाली कांगे्रस जिल्ला समिति, विभिन्न पालिकास्तरीय समिति र पार्टीको भातृसंघसंगठनहरुले बृक्षारोपण सहित विभिन्न कार्यक्रम गरी विपि स्मृति दिवस मनाएका हुन । यसैबीच विपि स्मृति दिवसका अवसरमा वालिङमा वृक्षारोपण गरिएको छ । नेपाली कांगे्रस वालिङ नगर समितिको आयोजनामा नेपाली कांगे्रसका संस्थापक नेता महामानव विशेश्वरप्रसद कोईरालाको ४१औँ स्मृति दिवसका अवसरमा वालिङ ८ विपि चोकमा गोष्ठी तथा वृक्षारोपण गरिएको हो । कार्यक्रममा नेपाली कांगे्रसका महासमिति सदस्य तथा गण्डकी प्रदेश सभा सांसद भोजराज अर्यालले महामानव विपि कोईरालाको निति तथा सिद्धान्त अझै पनि ताजै रहेको र देश तथा विदेशमा विपिको सिद्धान्तहरु कार्यान्वय भईरहेको बताउनुभयो ।
विपिको मेलमिलाप निति अन्तराष्टिय स्तरमा समेत कार्यान्वयन भएको भन्दै नेपाली कांगे्रसले विपिको सिद्धान्त भुल्न नहुँने भन्दै उहाँले मार्गनिर्देश गर्नुभएको बाटोमा नेपाली कांगेस अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा महासमिति सदस्य तथा गण्डकी प्रदेश सांसद कल्पना तिवारी, नेताहरु दामोदर लम्साल, अर्जुनप्रकाश अर्याल, मुक्तिप्रसाद सुवेदी, जिवलाल काफ्ले, कमल सुवेदीलगायतले बोल्नुभएको थियो । कार्यक्रम नगर सभापति नेत्रप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सिता थापा र संचालन सचिव सागर कुँवरले गर्नुभएको थियो । यसैबीच रेडियो आँधीखोला आउने सडक छेउ र रेडियो परिसरमा समेत बृक्षारोपण गरिएको छ ।
यसैबीच उता स्याङ्जामा पनि विपि स्मृति दिवसका अवसरमा विपिको शालिकमा माल्यापण तथा बृक्षारोपण गरिएको छ । नेपाली कांगे्रस स्याङ्जा जिल्ला कार्यसमितिको आयोजना गरिएको कार्यक्रममा स्याङ्जामा रहेको विपिको शालिकमा माल्र्यापण र पुतलीबजार नगरपालिका वडा नं.४ मा रहेको भाुलपहाडमा बृक्षारोपण गरिएको छ । कार्यक्रममा प्रतिनिधि सभा सांसद राजु थापाले महामानव विपि कोईरालाले प्रतिपादन गर्नुभएका निति र सिद्धान्तलाई अबलम्बन गर्दै नेपाली कांगे्रस अगाडि बढ्नुपर्ने बताउनुभयो । साथै सांसद थापाले नेपाली कांगे्रस पार्टी थप शसक्त र सुदृढ रुपमा अगाडि बढ्नुपर्ने भन्दै विपिको मेलमिलाप निति र समाजवादलाई विर्सन नहुँने बताउनुभयो ।
कार्यक्रममा पुर्व सांसद भागवतप्रकाश मल्ल, युवा नेत अजित क्षेत्रि, प्रदेश सदस्य कुमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मा, महासमिति सदस्य तारा मल्ल, तरुण दल केन्द्रिय सदस्य जगदिश खांण, क्षेत्रिय सभापति तुल्सी रेग्मीलगायतले बोल्नुभएको थियो । कार्यक्रम जिल्ला कार्यबहाक सभापति केदार काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत वडा नंं ४ का सभापति इश्वरीप्रसाद पोख्रेल र संचालन जिल्ला सहसचिव धु्रवबन्धु पौडेलले गर्नुभएको थियो ।
त्यस्तै यता भीरकोटमा विपि स्मृति दिवसका अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल तरुण दल भीरकोट नगर समितिको आयोजना र तरुण दल जिल्ला कार्यसमितिको समन्वयमा बयरघारीमा रक्तदान कार्यक्रम सहित नेपाल दरुण दल केन्द्रिय सदस्यमा मनोनित सदस्यहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले तरुण दल पार्टीको मेरुदण्ड भएको भन्दै तरुणदलले विपि स्मृति दिवसका अवसरमा रक्तदान कार्यक्रम गर्नु निकै सराहनिय रहेको बताउनुभयो । साथै नगरप्रमुख कर्माचार्यले विपिको सिद्धान्त भुल्न नहुँने भन्दै पार्टीले उहाँका हरेक सिद्धान्तलाई आत्मसाथ गरेर अगडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांगे्रस जिल्ला कार्यबहाक सभापति केदार काफ्ले, तरुण दलका जिल्ला अध्यक्ष भागवतप्रकाश मल्ललगायतले बोल्नुभएको थियो । कार्यक्रम तरुण दलका नगर अध्यक्ष राजकुमार गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन प्रविणविक्रम खांणले गर्नुभएको थियो । रक्तदान कार्यक्रममा १२ महिला र ४८ पुरुष गरी ६० जनाले रक्तदान गरेका थिए ।
यस्तै विपि स्मृति दिवसकै अवसरमा स्ववियु तथा नेविसंघद्धारा वलिङ बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ । स्ववियुका तर्फबाट सदस्य बादल लामिछाने र नेविसंघका तर्फबाट विद्यार्थी नेता बबिन पाठकले प्रनिधित्व गर्नु भएको थियो । क्यापसको पर्यावरण तथा सौन्दर्यतमा टेवा पुर्याउन पिपल, कल्कि चापलगायतका विरुवाहरु रोपण गरिएको हो ।