अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

४५ आँै पुष्पलाल स्मृति दिवस पारेर स्याङ्जामा रक्तदान, १२८ जनाले रक्तदान गरे

news

 
रेडियो आँधीखोला
वालिङ, ८ साउन ।
४५औ पुष्पलाल स्मृति दिवसका अवसरमा स्याङ्जामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा कार्यक्रममा १२८ जनाले रक्तदान गरेका छन् । पुतलीबजार नगरपालिका १ को सिटीहलमा राष्ट्रिय युवा संघ नेपाल स्याङजाले पुष्पलाल स्मृति दिवसमा आइतबार गरेको कार्यक्रममा ११९ पुरुष र नौ महिला गरी १२८ जनाले रक्तदानमा गर्नु भएको हो ।  
नेपाल रेडक्रस सोसाइटी कास्कीको समन्वयमा गरिएको रक्तदानमा नेकपा एमाले केन्द्रिय सदस्य सिता सुन्दासले रक्तदान जिवन दान भएको बताउदै स्वास्थ्य ठिक भएकाले रक्तदान गर्नुपर्ने बताउनुभयो । पुष्पलालको योगदानलाई भुल्न नहुँने भन्दै उहाँले मार्गनिर्देश गर्नुभएको बाटोमा हिड्नुपर्नेमा सुन्दासले जोड दिनुभयो । मागयुवा संघ स्याङजाका अध्यक्ष पिताम्बर खनालले अस्पतालमा रगतको अभाब देखिएपछि हरेक बर्ष जस्तै खुल्ला रक्तदान गरेको बताउनुभयो ।  यसैबीच आँधीखोला गाउँपालिका अध्यक्ष बिश्वनाथ पौडेलले २९ औ पटक रक्तदान गर्नु भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...