अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

शसस्त्र गुल्मपतिको फेरि भेटौंला कार्यक्रम

news

 
रेडियो आँधीखोला
वालिङ, ८ साउन ।
आँधीखोला सञ्चार सहकारीले सशस्त्र प्रहरी बल ३० नं. गुल्मका गुल्मति राजनलाल श्रेष्ठलाई फेरि भेटौंला कार्यक्रम गरेको छ । आँधीखोला सञ्चार सहकारी संस्थाका अध्यक्ष नेत्रप्रसाद पाण्डेले सूचना र सञ्चारका क्षेत्रमा रेडियो र शान्ति सुरक्षाका दृष्टिले दुई कार्यालय एकै ठाउँमा रहेर जिल्लामा प्रभावकारी भूमिका खेल्दै आएको स्मरण गर्नुभयो ।
 
“शान्ति सुरक्षाको महशुष त्यतिबेला भयो जतिबेला रेडियो कार्यालयमा दैवि विपत्ति प¥यो” उहाँले भन्नुभयो, “शान्ति सुरक्षासहित दैवी विपत्तिका क्षेत्रमा गरेको कार्य प्रशंसनीय रहेको छ ।” जहाँ भएपनि यहाँको हार्दिकता कहिल्यै पनि नभुल्ने गुल्मपति श्रेष्ठले बताउनुभयो । दैवी विपत्तिका क्षेत्रमा सक्रिय भई गरेका कामहरुले आनन्द दिएको बताउनुभयो । एकवर्षे कार्यकाल सबैको सहयोग, सुझावले सफल भएको र उर्जा थपेको उहाँले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...