अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

गत आर्थिक वर्ष स्याङ्जाबाट १४ हजार ७ सय ८१ राहदानी वितरण, सदरमुकाममा भन्दा वालिङबाट धेरै

news

 
रेडियो आँधीखोला 
वालिङ, ११ साउन ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट गत आर्थिक वर्षमा १४ हजार ७ सय ८१ वटा राहदानी वितरण गरिएको छ । आर्थिक वर्ष २०७९÷०८० मा कूल १५ हजार ६ सय ८७ वटा सिफारिस गरिएकोमा १४ हजार ७ सय ८१ वटा राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । यसमध्ये द्रुत सिफारिसमा २ सय ४३ भएका हुन् ।
कूल सिफारिस मध्ये इलाका प्रशासन कार्यालय वालिङबाट मात्र ९ हजार ६ सय ९७ रहेका छन् । जिल्ला प्रशासन कार्यालयमा ५ हजार ९ सय ९० को सिफारिस हुँदा इलाका प्रशासन कार्यालय वालिङबाट ३ हजार ७ सय ७ बढि सिफारिस भएका हुन् ।
यसैगरी ८ हजार ८ सय ६२ जनाले नयाँ नागरिकताको प्रमाणपत्र लिएका छन् । यसका साथै ८ हजार ९ सय ७९ वटा प्रतिलिपी तथा शंसोधित नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । १० जनाले भने वैवाहिक अंगिकृत नागरिकता लिएका छन् । नागरिकता प्रमाणपत्र पनि इलाका प्रशासन कार्यालय वालिङबाट नै धेरै वितरण भएका छन् । कूल १७ हजार ८ सय ५१  नागरिकता वितरण गरिएकामा १० हजार १ सय ५३ वटा वालिङबाट भएका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्रको लागि करिव ४ हजार जनाको फोटो खिचिएको छ भने इलाका प्रशासन कार्यालय वालिङबाट १२ हजार ५ सय १० जनाले फोटो खिचाएका छन् । यसरी जिल्ला भरिबाट गत आर्थिक वर्ष राष्ट्रिय परिचयपत्रका लागि साडे १६ हजारभन्दा धेरैको फोटो खिचिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...