अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

जन्म दिनको अवसरमा बृद्धाश्रमलाई सहयोग प्रदान

news

 
रेडियो आँधीखोला 
वालिङ, १२ साउन ।
रामनदी धाम राम्दी स्थित बृद्धाश्रममा जन्मदिनका अवसरमा सहयोग प्राप्त भएको छ । भीरकोट नगरपालिका वडा नंं ६ का खेमबहादुर क्षेत्रिले आफ्नो जन्मोत्सवका अवसरमा राम्दीमा रहेको बृद्धाश्रमलाई नगद १० हजार ५५ रुपैँया प्रदान गर्नुभएको हो । शिव पार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय संस्था वालिङ १० भकुण्डेद्धारा संचालित जेष्ठ नागरिक आश्रम गल्याङ १ रामनदी धाममा पुगेर अर्यालले उक्त रकम प्रदान गर्नुभएको हो । 
गत असार २५ गते जन्मदिन परेपनि सोही मितिमा उपस्थित भएर सहयोग गर्न नपाएपनि क्षेत्रिकी श्रीमती थुमकुमारी अर्यालक्षेत्रि, भाई उमबहादुर अर्यालक्षेत्रि र नातिनि सिमा अर्यालक्षेत्रि सहित पुगेर अर्यालले आश्रमलाई उक्त रकम प्रदान गर्नुभएको आश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठले जानकारी दिनुभयो । आश्रममा रहनुभएका बृद्धबृद्धाहरुको भोजनका लागी उक्त रकम र फलफुल समेत प्रदान गर्नुभएको छ । यसरी हरेकले आफ्नो जन्मोत्सव तथा विषेश अवसरहरुमा फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यमा खर्च गर्नु राम्रो हुने क्षेत्रिले बताउनुभयो । 
आश्रममा जन्मोत्सव, विवाहउत्सव, स्मृति दिवसलगायतका अवसरहरुमा विभिन्न व्यक्ति तथा संस्थाले भोजनका लागी रकम सहयोग गर्दै आएका छन् । आश्रममा एक दिन एक दाता कार्यक्रम नै संचालन गरेर हरेक दिन फरक फरक दाताहरुबाट प्राप्त सहयोगले आश्रममा रहनुभएका करिव २३ जनालाई भोजन खुवाउने गरिएको आश्रमले जनाएको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...