समाचार
स्याङ्जाको चापाकोट नगरपालिकामा बजार अनुगमन
रेडियो आँधीखोला
वालिङ, १२ साउन ।
स्याङ्जाको चापाकोट नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । नगरपालिकाले बर्खा लागेसँग कत्रिृम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्ने जस्ता समस्या नहुन् भन्ने उद्देश्यले बजार अनुगमन शुरु गरेको जनाएको छ ।
वर्खामा हुन सक्ने कृत्रिम अभाव, मूल्य वृद्धि, मिसावट, म्याद नाघेका सामान बिक्री नियन्त्रणका लागि अनुगमनलाई तीब्रता दिएको चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुव्र खनालले जानकारी दिनुभयो ।
नगरपालिकाले व्यवसायलाई व्यवस्थित र प्रभावकारी बनाउन बजार अनुगमन गरेको नगर उपप्रमुख इशा रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “अनुगमनका क्रममा दर्ता नभई संचालन भएका, मिति सकिएका खाद्य सामग्री राखिएको, नविकरण नभएका र सरसफाइ नगरी सञ्चालन भएका होटल र पसल सञ्चालकलाई सचेत गराएको छौँ ।”
अनुगमनमा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, ईलाका प्रहरी कार्यालय चापाकोटका प्रहरी निरीक्षक, नगर प्रहरी, उद्योग वाणिज्य संघ बजार व्यवस्थापन समितिका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।