अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा बालगृहलाई खाद्यान्न प्रदान

news

 
रेडियो आँधीखोला
वालिङ, १४ साउन ।
नेपाल निजामती कर्मचारी संगठन स्याङ्जा जिल्ला कार्य समितिले शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा बालगृहलाई खाद्यान्न प्रदान गरेको छ । संगठनले आज फेदिखोला गाउँपालिका वडा नं. १ कटुस्वारामा रहेको अमोर सेवा नेपालद्धारा संचालित बालगृहका लागी खाद्यान्न हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा फेँदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले अभिभावक विहिन बालबालिकाहरुको अभिभाकत्व लिईरहेको बालगृहलाई सबैले सहयोग गर्दै आएको बताउनुभयो । 
बालगृहको व्यवस्थाापनका लागी पालिकाले समेत सहजीकरण गर्दै आएको भन्दै विभिन्न अवसरहरुमा विभिन्न समाजसेवी व्यक्तिहरुले बालगृहमा सहयोग गर्दै आईरहेको भन्दै उहाँहरुको सहयोगले बालगृह संचालन भएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य निरमाया कार्की, संग्ठनका केन्द्रिय सदस्य राजु मरासिनी, पेशागत महासंघ अध्यक्ष ताराचन्द्र ढकाललगायतले बोल्नुभएको थियो । कार्यक्रम संगठनका अध्यक्ष अमरबहादुर पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत रमेश विक र धन्यवाद बालगृहकी संचालिका कमला पराजुलीले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...