अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

जिल्ला प्रशासन कार्यालय स्याङ्जा सहितको टोलीद्धारा औषधी पसल तथा बजार अनुगमन

 
रेडियो आँधीखोला
वालिङ, १४ साउन ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा सहित जिल्लाका केही पालिकाले औषधी पसल सहित बजार अनुगमन गरेका छन् । नयाँ आर्थिक बर्ष शुरु भएपछि पालिकाभित्र रहेका औषधी पसल सहित अन्य पसलहरु अनुगमन गरिएको हो । जिल्लामा अहिले सम्म ३ ओटा पालिकाले मात्रै औषधी पसलहरु अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । औषधी पसलहरुमा दर्ता, नविकरण र मापदण्ड अनुसारको सेवाका बिषयमा अनुगमन गरिएको बताइएको छ । अनुगमनका क्रममा औषधी पसलहरु र बिरामी चेकजाँच गर्ने क्लिनीकहरु पहिलो फेजमा परेका छन् ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सबै पालिकामा औषधी पसलहरुको अनुगमन गरी त्यसको अवस्था बारे जानकारी गराउन पत्रचार गरेको थियो । सोही बमोजिम पुतली बजार, चापाकोट नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाले अनुगमन गरेको बताइएको छ । अन्य पालिकाहरु भने अहिले सम्म बेखबर जस्तै बनेका छन् । अहिले सम्म गरिएका औषधी पसलहरु समग्रमा सुधारको अवस्थामा रहेको बताइएको छ । केही—केही पालिकामा भने अस्तव्यस्त रहेको बुझिएको छ । पुतलीबजारमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शोभाखर पोख्रेलको नेतृत्वमा ८ ओटा औषधी पसलहरुमा अनुगमन गरेको छ ।
विगतका बर्षहरुमा पनि अनुगमन गरिएकाले सदरमुकाम स्थित पुतलीबजारमा औषधी व्यवसाय सुधारात्मक रहेको पोख्रेलले बताउनुभयो । पहिलो पटक सचेत मात्रै गराउने भएकाले केही पसलहरुलाई सोही खालको सुझाव दिएको बताइएको छ । 
पुतलीबजारले स्वास्थ्य ऐन नबनाएकाले केही समस्या देखिएको छ प्रशासकीय पोख्रेलले भन्नुभयोे,‘नगरपालिकालाई छिटो स्वास्थ्य निर्देशिका बनाएर अगाडी बढ्न सुझाव दिएका छौं ।’ स्वास्थ्य ऐन नहुँदा मापदण्ड विपरीत रहेका पसलहरुलाइृ कारवाहि वा जरिवाना गर्न कठिनाई भयो उहांले भन्नुभयोे । चापाकोट नगरपालिकाले भने औषधी पसलहरु सहित अन्य पसलहरु पनि अनुगमन गरेको छ ।
अर्जुनचौपारी गाउँपालिकाले पनि औषधी पसलहरु मात्रै अनुगमन गरेको जनाएको छ । पालिकाको बजारमा रहेका ३ ओटा औषधी पसलहरुमा अनुगमन गरिएको स्वास्थ्य शाखा प्रमुख इश्वरी केसीले बताउनुभयो । अनुगमन गरिएका पसलहरु दर्ता र समयमै नविकरण गरिएको पाइएको बताउनुभयो । बिशेष गरी भीरकोट, वालिङ र गल्याङ् व्यापारीक केन्द्रका बजारहरु हुन् । गाउँले व्यवसाय बढी हुने भएकाले यी पालिकाहरुले अनुगमनलाई ढिलाई गर्न नहुने स्थानीयहरुले बताएका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...