अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

डा.ढकालद्धारा लिखित ‘सम्झनाका स्वरहरु’ नामक खण्डकाब्यको बिमोचन

news

 
रेडियो आँधीखोला
वालिङ, १५ साउन ।
डा.मेघराज ढकालद्धारा लिखित ‘सम्झनाका स्वरहरु’ नामक खण्डकाब्यको स्याङ्जामा बिमोचन गरिएको छ । स्याङ्जा साहित्य प्रतिष्ठानको सहयोगमा कृति बिमोचन गरिएको हो ।  काब्य बिमोचन गर्दै स्वतन्त्रता सेनानी तारापति सुवेदीले इतिहासलाई बिर्सन नहुने जनाउनुभयो । उहाले इतिहासको स्मरण गर्दै बर्तमान विकास गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा पूर्व कृषिमन्त्री एवं साहित्यकार त्रिलोचन ढकाल, स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष एवं पुतलीबजार नगरउपकुलपति विश्वप्रेम अधिकारी, डा. टिकाराम वाग्ले, लेखक डा. मेघराज ढकाल, अधिवक्ता तुलसी गिरी, नेपाली लेखक संघका अध्यक्ष मिलन समिर लगायतले आ आफना धारणा ब्यक्त गर्नुभयो । 
कृतिका बारेमा प्रा.डा. यामबहादुर क्षेत्री र साहित्यकार कुमार रानाले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा धु्रवबन्धु पौडेल, शम्भु अर्याल, लक्ष्मण बियोगी, माला रानीले कबिता वाचन गर्नुभएको   थियो । स्याङ्जा आँधीखोला गाउँपालिका ६ घर भई हाल काठमाण्डौं बस्दै आउनु भएका उहा निजामति सेवाका पूर्वसहसचिव हो । जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जि.टीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका आजिवन सदस्य धु्रवबन्धु पौडेलले स्वागत एवं आजीवन सदस्य इन्द्रबहादुर गोदारले संचालन गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...