अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

स्व. गिरीका अधुरा योजनालाई पुरा गर्ने मुख्यमन्त्री पाण्डेको बचनबद्धता

news

 
रेडियो आँधीखोला
वालिङ, १५ साउन ।
नेपाली कांगे्रसका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नेपाली काग्रेस जनताले रुचाएको लोकतान्त्रिक पार्टी भएको बताउनुभयो । कांग्रेस नेता नेताशिबकुमार गिरीको ४५ औ पुण्यतिथी पारेर आयोजित कार्यक्रममा बोल्दै उहाले गिरीले जिल्लाको विकास र पार्टी संगठनमा पुरयाएको योगदानको चर्चा गर्नुभयो । 
नेपाली काग्रेस जिल्ला कार्यसमिति स्याङ्जाद्धारा पुतलीबजार नगरपालिका स्थित पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा मुख्यमन्त्री पाण्डेले जनताको हितका पक्षमा काम गर्दागर्दा अस्वाभाविक निधन भएका गिरीको निधन दुर्घटना हो की सुनियोजित योजना हो पत्ता लगाउनु पर्नेमा जोड दिनुभयो । नेपाल बिद्यार्थी संघदेखि राजनीतिमा क्रियाशिल गिरी विकासप्रेमि रहेको स्मरण गराउनुभयो । गिरीको निधनले पार्टीलेले ठुलो क्षति पु¥याएको बताउदै मुख्यमन्त्री पाण्डेल ेगिरीका अधुरा योजनालाई पुरा गर्ने बचनबद्धता ब्यक्त गर्नुभयो । 
तरुण दलमाआफु र गिरी सगै काम गरेको स्मरण गर्दै पाण्डेले उहाँलाई स्मरण गरेर पार्टीका बाकीकाम अगाडी बढाउनुपर्ने बताउनुभयो । गिरीको निधनको सत्य तथ्यबाहिर ल्याउनआफुले पहल गर्ने बताउदै पाण्डेले परिवारलाई शोकलाई शक्तिमा बदलेर पार्टीमा एकाकार हुनआग्रह गर्नुभयो । 
कार्यक्रममा गण्डकी प्रदेश उपसभापति एवं प्रदेश सांसद कल्पना तिवारी, सांसद भोजराज अर्याल र महेश भट्टराई, पूर्वसांसद भागवतप्रकाश मल्ल, कार्यवाहक सभापति केदार काफले, गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराई, सचिव दामोदर लम्साल, महासमिति सदस्यहरु क्रमशः तुलसी गिरी, देवी अर्याल, गोविन्द रानाभाट, तारा मल्ल, महाधिवेशन प्रतिनिधी बिष्णु पौडेल, स्तन्त्रता सेनानी तारापती सुवेदी, चापाकोट नगरसभापति बिक्रम सारु, नेपाली बिद्यार्थी संघ अध्यक्ष गौरब प्रधान लगायतले श्रद्धान्जली मन्तब्य ब्यक्त गर्नुभएको थियो । 
शिव गिरीका पत्नी कल्पना गिरी, भाई बलराम गिरीले आफना दाजुको निधन नभई हत्या भएको जनाउदै सत्यतथ्य पत्ता लगाउनेगरी अनुसन्धानका लागि सबैको साथ र सहयोगको याचना गर्नुभयो । प्रतिनिधिसभा सदस्य एवं जिल्ला सभापति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव दामोदर लम्सालले गर्नुभएको थियो । गिरीको पुतलीबजार नगरपालिका १० मा गत असार १ गते सवारी दुर्घटनामा निधन भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...