अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भारतमा सरसफाइकर्मी ११ जना महिलाले संयुक्त रुपमा जिते १० करोड रुपैयाँको चिट्ठा

news

 

 साउन १७, काठमाण्डौ – भारतको केरला राज्यमा सरसफाइको काम गर्ने ११ जना महिलाले संयुक्त रुपमा १० करोड भारतीय रुपैयाँको चिट्ठा जितेका छन् ।

नौ जनाले २५–२५ रुपैयाँ र दुई जनाले साढे १२ रुपैयाँका दरले रकम उठाएर संयुक्त रुपमा खरिद गरेको दुई सय ५० रुपैयाँको चिट्ठाले १० करोड रुपैयाँ जितेको बीबीसीले जनाएको छ ।

उनीहरुले सरकारलाई तिर्नुपर्ने कर कटाएर ६ करोड ३० लाख रुपैयाँ पाउनेछन् । 

दामासाहीले भाग लगाउँदा २५ रुपैयाँको दरले रकम उठाउने नौ जनाले जनही ६३ लाख रुपैयाँ र साढे १२ रुपैयाँका दरले रकम उठाउने दुई जनाले संयुक्त रुपमा ६३ लाख रुपैयाँ पाउनेछन् ।

नकुहिने फोहोर संकलन गर्ने ती महिलाले दिनको दुई सय ५० रुपैयाँ ज्याला पाउँछन् । 

चरम अभावको जीवन बिताइरहेका आफुहरुको लागि चिट्ठाको रकम बरदान सावित भएको उनीहरुले बताएका छन् ।

लाखौँ रुपैयाँको चिट्ठा जिते पनि उनीहरुले काम भने नछाड्ने बताएका छन् । यही कामले भाग्य खुलेको कारण काम नछाड्ने निर्णय गरेको ७२ वर्षकी कुट्टीमालुले बताउनुभएको बीबीसीले जनाएको छ ।

केरला राज्यमा निजी चिट्ठा कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ । तर राज्य सरकार स्वयंले एउटा अत्यधिक लोकप्रिय कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...