अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वन्यजन्तुबाट भएको क्षति वापत् १६ लाख रूपैयाँ राहत वितरण

 
रेडियो आँधीखोला 
वालिङ, १८ साउन ।
वन्यजन्तुबाट भएको क्षति वापत् डिभिजन वन कार्यालय स्याङ्जाले १६ लाख रूपैयाँ राहत वितरण गरेको छ । स्याङ्जामा गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ५ सय भन्दा बढी पशुधनको क्षति भएको थियो  डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख हुम बहादुर बल्छौँडीका अनुसार आर्थिक वर्ष २०७९÷८० मा वन्यजन्तुको आक्रमणबाट जिल्लामा ५ सय २३ खसी, बाख्रा, गाई, भैसीं लगायतका पशुधनमा क्षति पुगेको थियो । यसैगरी गत आर्थिक वर्षमा ३ वटा मानवीय क्षतिका घटनाहरू भएका थिए । डिभिजन वन कार्यालय स्याङ्जाका अनुससार  वन्यजन्तुको आक्रमणमा परी ३ जना व्यक्तिहरू घाइते भएका थिए िगत आवमा जिल्लामा वन्यजन्तुका कारण ४ सय ४६ वटा घटना भएका थिए ।
मानवीय क्षति भएका व्यक्तिहरूलाई क्षतिपूर्ति स्वरूप उपचार खर्च वापत १ लाख ११ हजार ७ सय ६५ रूपैयाँ उपलब्ध गराइएको डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख बल्छौँडीले बताउनुभयो । उहांका अनुसार पशुधनको क्षति वापत् कृषकहरूलाई १५ लाख ८५ हजार २ सय ६५ रूपैयाँ उपलब्ध गराइएको छ  । गाउँघरमा विशेषगरी चितुवा र बाघको आक्रमणबाट मानवीय  र पशुधनको क्षति हुने गरेको पाइएको छ ।
स्याङ्जामा १ लाख १ हजार३ सय ४९ हेक्टर वन क्षेत्र रहेको छ । जसमध्ये १६ हजार  १ सय ५७ हेक्टर सरकारी वन रहेको छ भने बाँकी सामुदायिक, कवुलियति ,धार्मीक , निजी वन र संरक्षण क्षेत्र रहेको छ । डिभिजन वन कार्यालयको तथ्यांक अनुसार जिल्लामा ५ सय २१ वटा सामुदायिक वन, ६० वटा निजी वन, १४ वटा कवुलियति वन, २ वटा धार्मीक वनहरू रहेका छन् । जिल्लाको कुल क्षेत्रफलको करिब २५ प्रतिशत क्षेत्रफल वन क्षेत्रले ओगटेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...